×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आरबिबि मोबाइल बैंकिङ महामेलामा कैलाश सुवालले पाए थाइल्याण्ड भ्रमणको अवसर

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

आरबिबि मोबाइल बैंकिङ महामेलामा कैलाश सुवालले पाए थाइल्याण्ड भ्रमणको अवसर

४ कार्तिक २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको आरबिबि मोबाइल बैंकिङको प्रवद्र्धनको लागि भदौ १८ देखि असोज ३० गते सम्म एफवान सफ्टको सहकार्यमा संचालन भएको महामेलाका बिजयीहरुलाई पुरस्कार वितरण गरिएको छ ।
करिब ७३ हजार कारोबारबाट र्यान्डम्ली छनौट भएका पाँच जना विजयीहरुलाई आईतबार एक समारोहका बीच पुरस्कार प्रदान गरिएको हो ।
सो समारोहमा कैलाश सुवालले थाइलैण्ड भ्रमणको कपल टुर मेगा पुरस्कार प्याकेज पाएका छन् भने सनम राई, ध्रुबकुमार शाही, प्रकाश बोहोरा, हिरा खनाल पोखरेल र सुजन पराजुलीले एक–एक थान मोवाइल फोन सेट पुरस्कार प्राप्त गरेका छन् ।
विजयीहरुलाई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत केशबप्रसाद लम्साल र एफवान सफ्टका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले पुरस्कार हस्तान्तरण गरे । हाल राष्ट्रिय वाणिज्य बैंकका १० लाख भन्दा बढी मोबाइल बैंकिङ्गका ग्राहकहरु रहेको जनाइएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: