काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा मंगलबार २ कम्पनीको १ करोड १६ लाख ३८ हजार ५३५.२२ कित्ता बोनस सेयर सूचीकृत भएको छ । मंगलबारको कारोबारमा एनसीसी बैंक र आइएमई जनरल इन्स्योरेन्सको बोनस सेयर सूचिकृत भएको हो।
एनसीसी बैंकको १ करोड ११ लाख ५२ हजार ५३५.२२ कित्ता र आइएमई जनरल इन्सुरेन्सको ४ लाख ८६ हजार कित्ता बोनस सेयर सुचिकृत भएको हो ।