काठमाडौं – सन नेपाल लाइफ इन्स्योरेन्सले सोमबार धनुषाधामकी अनिता कुमारी मण्डललाई मृत्युदावी वापत चेक हस्तान्तरण गरियो । धनुषाधाम न.पा. –१, धनुषा निवासी वीमित स्व. विनोद मण्डलका हकवाला श्रीमती अनिता कुमारी मण्डललाई मृत्युदावी वापत चेक हस्तान्तरण गरिएको हो ।
धनुषाधाम नगरपालीका का मेयर वालेश्वर मण्डल र कम्पनीका महाप्रवन्धक कमल राज गौतमबाट सयुक्त रुपमा १० लाख ३५ हजारको चेक हस्तान्तरण गरिएको थियो । बीमित स्वः विनोद मण्डलले बिमालेख नम्बर २०१००००००७६७ अन्तर्गत १५ बर्ष अबधिको नवीन आजीवन जीवन बिमा योजनामा बिमाङ्क रु.१० लाखको जीबन बिमा गराएका थिए ।
स्थानीय निकायका जनप्रतिनिधिहरु, सुरक्षा निकायका प्रमुख, पत्रकार, स्थानीय बासिन्दा, बिमा अभिकर्ता लगायतको उपस्थिती रहेको उक्त कार्यक्रममा अतिथि लगायत बक्ताहरुले जीबन बिमाको महत्व र सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको बारेमा प्रकाश पारेका थिए ।
साथै प्रमुख अतिथीले समयमै सहज प्रकृयाबाट दाबी भुक्तानी भएकोमा कम्पनीलाई धन्यबाद प्रकट गर्दै सम्पूर्ण उपस्थित जनमा समयमानै जीबन बिमा गरी आफु र आफ्ना आश्रीतका लागि आर्थिक जोखिमको ब्यबस्थापन गर्न आह्वान गरेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्