![](https://1.bp.blogspot.com/-Xwxkl-sv7R0/XZsUxg0Wg4I/AAAAAAABSbI/9_ZDhvgOmegiL9mQ2kGjeF9FO12XOhS9QCLcBGAsYHQ/s1600/sunsan1.jpg)
काठमाडौँ । दशैं मनाउन सर्वसाधारणहरु घरघर गएकाले काठमाडौँ उपत्यका सुनसानजस्तै देखिन थालेको छ । काठमाडौँमा मानिसहरुको चहलपहल निकै कम देखिएको छ । एयरपोर्टबाट कुपन्डोलसम्म स्कुटरमा गुड्दा निकै कम चहलपहल देखिएको छ । सधैं व्यस्त देखिने थापाथली, सिंहदरबार अगाडी, न्यूरोड लगायतका स्थान पनि सुनसान देखिन्छन् ।
बरु सुनसान काठमाडौँ अहिले दुलहीझैं सिङ्गारिएको छ । चिनियाँ राष्ट्रपतिको आशन्न भ्रमणका लागि यस्तो तयारी भएको हो । सुनसान सहर, सिंगारिएका बाटो, एक ढंगले हेर्दा मनमोहक पनि भएको छ काठमाडौँ । धुँवा धुलो छैन भने मानिसहरुको उपस्थिति निकै न्यून छ ।
काठमाडौँमा हरेक पटकको दशैं यस्तै हुन्छ । बरु तिहार गाउँभन्दा काठमाडौँमा रमाइलो हुन्छ । र त शहरकै बुढापाका भन्छन्, ‘दशैंमा शहर नबस्नु…तिहारमा गाउँ नपस्नू’
हेरौं केहि प्रतिनिधि तस्विरहरु :
![](https://1.bp.blogspot.com/-X5nNS7HUayc/XZsUyFs_bhI/AAAAAAABSbM/ABB3No2BNF0UVtg2Mi_7ciLzKI3kiYHvgCLcBGAsYHQ/s1600/sunsan3.jpg)
![](https://1.bp.blogspot.com/-wXT99di7rgA/XZsUyizpwOI/AAAAAAABSbU/9GAAxcvj36IeJwKLrK2BGZC12U3ASxBggCLcBGAsYHQ/s1600/sunsan4.jpg)