×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

व्यवसायीका अगाडी मुसुमुसु हाँस्दै अर्थमन्त्रीको टिप्पणी ‘देशलाई ऋणमुक्त बनाउन कर बढायौं’ (भिडियो)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

व्यवसायीका अगाडी मुसुमुसु हाँस्दै अर्थमन्त्रीको टिप्पणी ‘देशलाई ऋणमुक्त बनाउन कर बढायौं’ (भिडियो)

१ मंसिर २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले उद्योग व्यवसायका लागि छिट्टै सहज वातावरण निर्माण हुने बताउनुभएको छ । अर्थमन्त्री खतिवडाले मुलुकलाई अत्याधिक ऋणको चापबाट मुक्त गराउन सरकारले कर नीति लिँदा केही अप्ठयारो भएपनि उद्योग व्यवसायका लागि छिट्टै सहज वातावरण बन्ने बताउनु भएको हो । उहाँले मुलुकलाई अत्याधिक ऋणको मारबाट मुक्त गराउन आफूले करसम्बन्धि अलोकप्रिय नीति लिनु परेको पनि पटक–पटक बताउनुभयो ।

‘राजस्व प्रणालीमा करको कुरा नगर्ने हो भने हामी अत्याधिक ऋणको बाटोमा जान्छौं,’ कर दिवसको अवसर पारेर आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री खतिवडाले भन्नु भयो, ‘अत्याधिक ऋणको चापले मुलुकलाई संकटमा फसाउने हुनाले आफूको मुलुकको दीर्घकालीन हितका लागि करसम्बन्धि अलोकप्रिय निर्णय लिनु परेको हो ।’ अर्थमन्त्री खतिवडाले मुलुकको अर्थतन्त्र अध्यारोबाट उज्यालोतर्फ अघि बढिरहेकाले केही समस्या हुन सक्ने उल्लेख गर्दै त्यसलाई सल्टयाउँदै लैजाने बाटोबाट सरकार अघि बढिरहेको पनि बताउनु भयो ।

अर्थमन्त्री खतिवडाले व्यवसायीहरुलाई मुलुकप्रति जवाफदेही बनाउने गरी कर कानुन लागू गरिएको पनि बताउनुभयो । उहाँले मुलुकको अर्थतन्त्रलाई सवल, आत्मनिर्भर र सुदृढ बनाउनेगरी कर नीति लिएकाले दक्षिण एशीयामा नेपाल सबैभन्दा कम ऋण भएको मुलुकको रुपमा पहिचान बनाउन सफल भएको पनि स्मरण गराउनु भयो । हेर्नुहोस् भिडियो रिपोर्ट:

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: