
काठमाडौँ । देशकै नम्बर १ आर्थिक रेडियो कार्यक्रम ‘अर्थ सरोकार रेडियो कार्यक्रम’ले आफ्नो प्रदेश संस्करणको शुभारम्भ गरेको छ । मङ्सिर १, २०७६ देखि अर्थ सरोकार रेडियो कार्यक्रमका प्रदेश संस्करणको सुरुवात भएको हो । अवदेखि हरेक प्रदेशमा फरक फरक अर्थ सरोकार रेडियो कार्यक्रम सुन्न सकिनेछ भने हरेक प्रदेशमा घटेका गतिविधिलाई सम्बन्धित प्रदेशको कार्यक्रममा स्थान दिइने अर्थ सरोकारका प्रमुख कार्यकारी अधिकृत सुरज प्याकुरेलले जानकारी दिएका छन् ।
स्रोता र साझेदार रेडियोहरुको सल्लाह र सुझावका आधारमा यस्तो प्रशारणको आरम्भ भएको प्याकुरेलको भनाइ छ । अर्थ सरोकार रेडियो कार्यक्रम देशभरका कुल ११५ वटा रेडियोहरुमार्फत प्रशारण हुन्छ । कार्यक्रम सुरु भएको छोटो समयमा नै देशभरका रेडियोहरुका स्रोतामाझ लोकप्रिय बनेको यो कार्यक्रमले कार्यक्रमको ३०औं भागदेखि प्रादेशिक कार्यक्रम संरचना तयार गरेको हो ।
यता केन्द्रीय संस्करण (अनलाइन संस्करण) भने अर्थ सरोकार डटकम र रेडियो डट अर्थ सरोकार डटकममा सुन्न सकिने अर्थ सरोकार रेडियो कार्यक्रम उत्पादन शाखाले जनाएको छ ।
यता आजैबाट अर्थ सरोकार डटकमले पनि प्रादेशिक स्तम्भ सुरु गरेको छ । जसअन्तर्गत आफ्नो प्रदेशका आर्थिक समाचारहरु पोर्टलमा छानेर पढ्न सकिनेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्