Skip to content
LAXMI SUNRISE BANK

सिटिजन्स बैंकको स्वतन्त्र सञ्चालकमा सुदेश खालिङ नियुक्त

अर्थ सरोकार

काठमाडौँ – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको स्वतन्त्र सञ्चालकमा सुदेश खालिङ नियुक्त भएका छन् । बैंकको शुक्रवार बसेको सञ्चालक समितिको ३२०औं बैठक रिक्त रहेको स्वतन्त्र संचालक पदमा खालिङलाई नियुक्त गरेको हो । 
शाखा सञ्चालन तथा जोखिम व्यवस्थापनमा अब्बल तथा अनुभवी बैंकरका रूपमा परिचित खालिङले विभिन्न वाणिज्य बैंकको महत्वपूर्ण ओहदामा रहि आफ्नो कार्यकुशलता प्रदर्शन गरि सक्नु भएको छ । वाणिज्य बैंकमा सहायक पदबाट बैंकिङ्ग पेशा शुरु गर्नु भएका खालिङले दुई वाणिज्य बैंकको अनुभव बटुल्दै प्रमुख कार्यकारी अधिकृतबाट निवृत हुनु भएको हो।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK