×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटिजन्स बैंकको नयाँ शाखा काठमाडैंको कमलादीमा, शाखा सञ्जाल ८५ पुग्यो

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सिटिजन्स बैंकको नयाँ शाखा काठमाडैंको कमलादीमा, शाखा सञ्जाल ८५ पुग्यो

२४ कार्तिक २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

कमलादी

काठमाडौं – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले काठमाडौँको कमलादीमा ८५औं शाखा संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन समारोहमा स्थानीय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको उपस्थिति रहेको थियो ।
करिव १३ वर्ष अघि कमलादीबाट नै यस बैंकले बैंकिंग कारोवारको शुभारम्भ गरेकोमा र १० वर्षको सफल बैंकिंग कारोवारपछि २०७३ सालमा नारायणहिटीपथमा स्थित बैंकको आफ्नै भवनबाट बैंकिंग सेवा दिंदै आएको छ ।
यस बैंकले ८५ वटा शाखा, ८२ वटा एटिएम. र १०२ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । साथै, यसले सात वटै प्रदेशमा प्रादेशिक कार्यालयहरुको स्थापना गरिसकेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: