×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटी एक्सप्रेसको ‘लखपति एक्सप्रेस’ योजनामा गोबिन्द बहादुरले जिते एक लाख

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सिटी एक्सप्रेसको ‘लखपति एक्सप्रेस’ योजनामा गोबिन्द बहादुरले जिते एक लाख

४ मंसिर २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – सिटी एक्स्प्रेसको ‘लखपति एक्स्प्रेस २०७६ ‘न यति न उति सिधै लखपति’ उपहार योजना अन्तर्गत बागलुङ निवासी हाल जापानमा कार्यरत गोबिन्द बहादुर थापाले एक लाख जित्न सफल भएका छन् ।
लक्की ड्रमार्फत उपभोक्ताहरुले दैनिक दुई सयको मोबाइल टप अप १० जनाले जित्न सक्ने्, त्यसैगरी साप्ताहिक रुपमा एक जना विजेताले १० हजार र हरेक महिना लक्की ड्रमा विजयी हुने एक जनाले एक लाख जित्न सक्ने र उपहार योजनाको अन्त्यमा एक जना भाग्यशाली विजेताले बम्पर उपहार स्वरुप १० लाख जित्न सक्ने घोषणा भएको थियो । यो अफर असोज १ गते देखि मंसिर ३० गते सम्म लागू हुनेछ ।
यो अवधिभर सिटी एक्सप्रेस मार्फत मनी ट्रान्सफर गर्ने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् । यस उपहार योजना अबधीमा हाल सम्म दैनिक उपहार योजना अन्तर्गत ६३० जनाले दुई सयको मोबाइल टप अप, साप्ताहिक रुपमा आठ जना विजेताले १० हजार जितिसकेका छन् ।
ती सबै उपहारहरु विद्युतीय लक्की ड्रमार्फत विजेता छनौट गरिएको थियो । हालै गरिएको उपहार घोषणा अन्तर्गत जापानबाट पैसा पठाई पहिलो (असोज) महिनाको एक लाखको मासिक लक्की ड्रमा परी बागलुङ निवासी हाल जापानमा कार्यरत गोबिन्द बहादुर थापा विजेता घोषित भए ।
सिटी एक्सप्रेस कम्प्लेक्स भवनमा कार्यक्रमको आयोजना गरी उक्त नगद पुरस्कार कम्पनीमा आयोजित समारोह बिच गोबिन्द बहादुर थापाकी छोरी सिर्जना थापालाई हस्तान्तरण गरिएको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: