
काठमाडौं – बैंकिङ्ग सेवा प्रदान गर्ने उदेश्यले मङ्सिरको दोस्रो साता ८ बाट कम्पनीले विभिन्न स्थानमा शाखा सञ्चालनमा ल्याएका छन्।

काठमाडौं – प्रभु बैंकको नयाँ शाखा काठमाडौं महानगरपालिका वडा नं. ०८ गौशालास्थित पिङ्गलास्थानमा आफ्नाे १९७औं शाखा संचालनमा ल्याएको छ । बैंकको पिङ्गलास्थान शाखा कार्यालयको उद्घाटन पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले गरेका हुन् ।
बैंकको पिङ्गलास्थान शाखा कार्यालयको उद्घाटन गर्दै प्रमुख अतिथी डा. प्रदिप ढकालले प्रभु बैंकले आफ्नाे बैंकको व्यावसायिक सञ्जालविस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँमा आफ्नाे शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगन सम्म सरल र सहजरुपमा बैंकिङ्ग सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको तथा प्रभु बैंकको यो अभियानले बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताउदै प्रभु बैंकलाई सफलताको लागि शुभकामना व्यक्त गरे ।

काठमाडौं – देवः विकास बैंकको कावासोती नगरपालिका, वडा नं २ स्थित कावासोतीमा र नीलकण्ठ नगरपालिका, वडा नं ३ स्थित धादिङ्गवेशीमा सञ्चालनमा आएका छ । कावासोतीमा एक औपचारिक समारोहबीच बैंक संचालक समितिका सदस्य सुदनरत्न बज्राचार्यले उद्घाटन गरेका हुन् ।
धादिङ्गवेशी शाखा कार्यालयका एक औपचारिक समारोहबीच बैंक संचालक समितिका सदस्य विजयराज शर्मा भूसालले उद्घाटन गरेका हुन् । सुदनरत्न बज्राचार्यले द्रुत आर्थिक गतिविधिमा अग्रसर नवलपुर क्षेत्रको आर्थिक विकासमा हातेमालो गरी स्थानीयसँगको सम्बन्धलाई अझ मजबुत बनाउन यस क्षेत्रमा थप शाखा संचालनमा ल्याएको जनाए ।

काठमाडौं – प्रभु बैंक लिमिटेडले शाखा सञ्जाल विस्तार गर्ने क्रममा शुक्रबारदेखि रसुवा जिल्लाको टिमुरेमा १९८ औं शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन गोसाईकुण्ड गाउँपालिकाका प्रमुख कैसाङ नुर्पु तामाङले गरेका हुन् ।
यस बैंकले व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गर्दै आएको छ । बैंकको टिमुरे शाखा कार्यालय उद्घाटन कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

काठमाडौँ – ग्लोबल आइएमई बैंकका तीन नयाँ शाखा सञ्चालनमा आएका छन् । मंसिर ११ गते दिपायल सिलगढी नगरपालिका वडा नं. ४, पिपल्ला बजारमा, डोटी जिल्लाको भिमेश्वर नगरपालिका वडा नं. २, चरिकोट र दोलखा जिल्ला सिद्धार्थनगर नगरपालिका वडा नं. १, रुपन्देही स्थित भैरहवाको विशेष औद्योगिक क्षेत्र परिसरमा नयाँ शाखा विस्तार गरेको छ ।
तीन नयाँ शाखा सञ्चालनसँगै बैंकको शाखा कार्यालयहरुको संख्या १५३ पुगेको छ । ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवामार्फत आफ्ना ग्राहकमाझ बैंकिङ्ग सेवाप्रदान गर्दै आइरहेको छ ।

काठमाडौं – प्रोग्रेशिभ फाइनान्स लिमिटेडले सर्लाही र धनुषा जिल्लामा दुई नायाँ शाखा विस्तार गरेको छ । फाइनान्सले आइतबार र सोमबार क्रमशः सर्लाहीको मलंगवा नगरपालिका र धनुषाको क्षिरेश्वर नाथनगरपालिका, महेन्द्रनगरमा विस्तारित शाखाको उद्घाटन गरेको हो ।
मलंगवा नगरपालिकाको शाखाको उद्घाटन सोही नगरपालिकाका नगर प्रमुख निरसल साहले र क्षिरेश्वरनाथ नगरपालिकाकाे शाखाको उद्घाटन नगर प्रमुख योगेन्द्र पजियारले उद्घाटन गरेका हुन् । चुक्तापूँजी ८० करोड रुपैयाँ रहेको फाइनान्सको काठमाडौंको तिनकुनेमा कर्पोरेट कार्यालय रहेको छ । त्यस्तै, न्यूरोडमा मूख्यशाखा सहित बनेपा, पोखरा तथा यी दुई शाखासमेत गरी जम्मा ६ शाखा संचालनमा रहेको छ ।

काठमाडौँ – सिद्धार्थ बैंकले आफ्नो शाखा विस्तार गर्ने क्रममा सोमबार (मङ्सिर ९ गते) कास्कीको हेम्जामा १६९औँ शाखा सञ्चालन गरेको छ । बैंकले सर्वसाधारण तथा उद्यमीमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानीलगायत सम्पूर्ण बैंकिङ सेवा पु-याउने उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याएको हो ।
उक्त शाखा विस्तारपश्चात् बैंकको कुल शाखा संख्या एक सय ७३ (चार एक्सटेन्सन काउन्टरसहित) पुगेको छ । बैंकले एक सय एकवटा शाखारहित बैंकिङ सेवा, एक सय ९० एटीएम र १६ सयभन्दा बढी पस मेसिनका साथै निक्षेप तथा कर्जा सुविधा, घरमै बसेर बैंक खाता खोल्न सकिने अनलाइन सुविधा, रेमिट्यान्स सेवा, भिजा एटीएम कार्ड सेवामार्फत उच्चस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

काठमाडौं – लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा कपिलवस्तुको गाेरुसिङे र पकडिमा ११८औं र ११९औं शाखा सञ्चालनमा ल्याएको छ ।
यीे शाखा मार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ्ग सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ । यी नयाँ शाखाका साथ लक्ष्मी बैंकको संजाल ४८ जिल्लामा ११९ शाखा पुगेको छ ।

काठमाडौं – सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले काठमाडौंको न्यूरोडमा नयाँ शाखा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन बीमा समितिका कार्यकारी निर्देशक राजुरमन पौडेल तथा कम्पनीका अध्यक्ष रतनलाल केडियाले संयुक्त रुपमा गरेका हुन् ।
सो समारोहमा कार्यकारी निर्देशक पौडेलले विस्तारित शाखाबाट बीमितलाई अझ प्रभावकारी बीमा सेवा प्रदान गर्न सजिलो हुने बताएका छन् ।कम्पनीका अध्यक्ष केडियाले अहिलेसम्म काठमाडौं उपत्यकामा ११ वटा शाखा सञ्जालमार्फत स्तरिय बीमा सेवा प्रदान गर्ने लक्ष्य रहेको बताएका छन् ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र वैदवार क्षेत्रीले उत्कृष्ट बीमा सेवा प्रदान गर्न कम्पनी प्रतिबद्ध रहेको बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्