काठमाडौं – देवः विकास बैंकको कावासोती नगरपालिका, वडा नं २ स्थित कावासोतीमा र नीलकण्ठ नगरपालिका, वडा नं ३ स्थित धादिङ्गवेशीमा सञ्चालनमा आएका छ । कावासोतीमा एक औपचारिक समारोहबीच बैंक संचालक समितिका सदस्य सुदनरत्न बज्राचार्यले उद्घाटन गरेका हुन् ।
धादिङ्गवेशी शाखा कार्यालयका एक औपचारिक समारोहबीच बैंक संचालक समितिका सदस्य विजयराज शर्मा भूसालले उद्घाटन गरेका हुन् । सुदनरत्न बज्राचार्यले द्रुत आर्थिक गतिविधिमा अग्रसर नवलपुर क्षेत्रको आर्थिक विकासमा हातेमालो गरी स्थानीयसँगको सम्बन्धलाई अझ मजबुत बनाउन यस क्षेत्रमा थप शाखा संचालनमा ल्याएको जनाए ।
यस शाखा कार्यालयको स्थापनाबाट अझ सरल, सुलभ र सुरक्षित बैकिङ्ग सेवा प्रदान गर्न बैंक अग्रसर रहेकोले सेवाग्राहीहरु थप लाभान्वित हुनेमा बैंक विश्वस्त रहेको बताए । कार्यक्रममा बैंकको गतिविधि माथी प्रकाश पार्नु हुँदै बैंकका संचालक समितिका सदस्य बिजयराज शर्मा भुषालले बैंक साना तथा मझौला व्यवसायमा केन्द्रित रहने जानकारी दिए ।
कार्यक्रममा नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष, डासुराम पोखरेलले देवः विकास बैंक लि., नवलपुर जिल्लामा बैंकले थप सेवा विस्तार गरी व्यवसायिक कारोवारको दायरा बढाएकोमा शुभकामना व्यक्त गर्नु हँुदै उद्योगी व्यवसायीलाई कर्जा कारोवार गर्न उत्प्रेरित दिए ।
बैंकका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर श्रेष्ठले देशको आर्थिक अभिबृद्धिमा टेवा पुर्याउन बैकिङ्ग सेवालाई गाउँ तथा ग्रामिण क्षेत्रमा विकेन्दिकृत गरी स्थानीयस्तरमा उद्यमशीलताको विकास र आर्थिक अभिबृद्धि गर्नका लागि सहकार्य गरिने प्रतिवद्धता सहित सम्पूर्ण अतिथिहरुलाई स्वागत गरेका हुन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्