![](https://1.bp.blogspot.com/-Zbomrleg88w/XcL2xBHRoJI/AAAAAAABTlI/p94qbFx09NElDPhA2fineXvp-mmnI2oJwCLcBGAsYHQ/s1600/1.jpg)
विदेशमा रहेका नेपालीलाई दशैं, तिहार, नेपाल सम्वत् र छठको शुभकामना आदान प्रदान गर्ने र सांगितिक माहौल बनाउन ईमल इभेन्ट्सले ओमनमा नेपाली राजदुतावास ओमनको सहकार्यमा “परदेशमा घरदेश” कार्यक्रम आयोजना गरेको छ ।
![](https://1.bp.blogspot.com/-iGeU_oyDcaE/XcL215QgAMI/AAAAAAABTlY/TjcQfr1IZfoeyTgqB134hlvPZ1RPsyvqQCLcBGAsYHQ/s1600/2.jpg)
चर्चित गायक सत्यराज आचार्य र स्वरुपराज आचार्यको सांगितिक प्रस्तुतिको साथै युवा मोटिभेटर बिष्णु दाहालले बिदेशमा आत्महत्या, डिप्रेशन र कुलतबाट बच्न अपनाउन सकिने सकरात्मक उपायको बारेमा चर्चा गर्नुभएको थियो । विदेशी भूमिमा रहनुहुने श्रमिकहरूमा सकारात्मक सोचको विकास गर्न, उनीहरूलाई मानसिक तथा सामाजिकरूपमा एक्लो हुन नदिन तथा सम्भावित भवितव्य, आत्महत्या र कुलतहरूबाट बच्न सहयोग पुर्याउनु यस कार्यक्रमको मुख्य उद्देश्य रहेको थियो ।
![](https://1.bp.blogspot.com/--hTOoRoTwe0/XcL21awdarI/AAAAAAABTlU/1yw_LOF2KDYSZIqrhFqwY3rKb9Wt3DG-wCLcBGAsYHQ/s1600/3.jpg)
गत कात्तिक १ मा ओमानको मस्कटमा रहेको लुलु कम्पनीमा सम्पन कार्यक्रममा सांगितिक प्रस्तुतिका साथै नेपाली राजदुतावासको द्वितीय सचिव सोमेश थापाले शुभकामना ज्ञापन र श्रम सहचारी कृष्णकुमारी गौलीले श्रम कानुन र ओमानको बारेमा प्रकास पार्नु भएको थियो ।
![](https://1.bp.blogspot.com/-LhVVZx8qttc/XcL2zIHsXiI/AAAAAAABTlM/utOylUYsKf0-MFLhUFa2HceW7LOzP-Q4gCLcBGAsYHQ/s1600/4.jpg)
दोस्रो दिन नेपाली राजदुतावासमा भएको कार्यक्रममा सत्यराज आचार्य र स्वरुपराज आचार्यले एकल र संयुक्त गीत प्रस्तुत गरेका थिए । कार्यक्रममा चर्चित अरबिक गायक हैतम रफीको पनि बिशेष उपस्थिति रहेको थियो । हैतम रफिले गत असोज ३ गते नेपाली राजदुतावास ओमनले संविधान दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा भजन शिरोमणि भक्तराज आचार्यको स्वरमा रहेको “जहाँ छन बुद्धका आँखा” बोलको गीत गाएका थिए । भजन शिरोमणि भक्तराज आचार्यका सुपुत्रद्वयको र हैतम रफी एकै मन्चमा भएको संयोगको उपयोग गर्दै तीन जनाले नै सोही गीतमा बिशेष प्रस्तुति दिएका थिए । दुई ठाउँमा भएको कार्यक्रममा नेपाली श्रमिकहरुको बाक्लो उपस्थिति रहेको थियो ।
नेपाली राजदुतावास ओमनको राजदुत महामहिम शर्मिला पराजुली ढकालले चाडको बेलामा परदेशमा घरदेश कार्यक्रमले आफु नेपाली घरमै रहेको जस्तै अनुभव भएको बताउनु भयो ।
![](https://1.bp.blogspot.com/-BgZhGNZeOb4/XcL20mz6v7I/AAAAAAABTlQ/aXf9BUmfEwwLcPoWbqKaCa2ZaaZBMe0zQCLcBGAsYHQ/s1600/5.jpg)
आयोजक संस्था ईमल ईभेन्ट्सका अध्यक्ष र “परदेशमा घरदेश” कार्यक्रमका योजनाकार निर्मल ढकालले आफुहरुले यो कार्यक्रम नाम जस्तै परदेशमा घर जोड्न चाहेको र यो संसारभर जहाँ–जहाँ नेपालीहरु छन त्यहाँ–त्यहाँ फरकरुपमा गरिने बताएका छन् । यसको सुरुवाति अंक ओमनबाट गरेको र अब चाँडै नै अर्को श्रृङ्खला सुरु हुने थप जानकारी गराएका छन् ।