×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गण्डकी विकास बैंकद्वारा मुस्ताङमा विविध सामाग्री वितरण

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

गण्डकी विकास बैंकद्वारा मुस्ताङमा विविध सामाग्री वितरण

२९ कार्तिक २०७६, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – गण्डकी विकास बैंक लिमिटेडले मुस्ताङ जिल्लाका विभिन्न विद्यालय एवम् संघ संस्थालाई विविध सामाग्रीहरु वितरण गरेको छ ।
यस क्रममा लेते स्थित ज्ञानमेदय माविलाई एक थान फोटोकपी मेसिन, घरपझोङ गापा वडा नं. ५ स्थीत जनमुक्ति युवा क्लवलाई विभिन्न खेलकुद सामाग्रीहरु तथा जोमसोम स्थित मुस्ताङ कल्चरल एण्ड एजुकेशन सेन्टरमा आश्रित विपन्न वर्गका विद्यार्थीहरुका लागि विभिन्न स्टेशनरी सामाग्रीहरु वितरण गरेको छ ।
छुट्टाछुट्टै स्थानमा आयोजित कार्यक्रममा बैंकका सञ्चालक किशोर ओझाले सम्वन्धित संघ संस्थाका पदाधिकारीलाई उक्त सामाग्रीहरु हस्तान्तरण गरेका हुन् । उक्त कार्यक्रमा उल्लेखित संघ संस्थाका पदाधिकारी एवम् स्थानीयको उपस्थिती रहेको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: