Skip to content
LAXMI SUNRISE BANK

विभिन्न कार्यक्रम गरेर गण्डकी विकास बैंकले मनायो १३औँ वार्षिकोत्सव

अर्थ सरोकार

काठमाडौं – गण्डकी विकास बैंक लिमिटेडले तेह्रौ वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक कार्यहरु गरी सम्पन्न गरेको छ । यस क्रममा पोखरा छोरेपाटनस्थित मानव सेवा आश्रममा ३० थान बेड विस्तारा, गगनगौडास्थित राधाकृष्ण वृद्धाश्रमका लागि १० थान बेड विस्तारा सेट, पोखराको बाच्छीबुडुवास्थित वात्सायान वृद्धाश्रमका लागि सोफासेट लगायतका सामाग्रीहरु र फलफुल तथा खाजा वितरण गरेको छ ।
त्यसैगरी, निर्मलापोखरीस्थित निर्मणपोखरी सेकेन्डरी स्कुलका करिब २०० विद्यार्थीहरुका लागि झोला एवं रातोपैरा बालविकास केन्द्रका विपन्न वर्गका करिब ३० जना बालबालिकाका लागि न्यानो कपडा तथा खाजा वितरण गरेको छ ।
यसैगरी, धादि स्थित प्रेमसागर फाउन्डेसन नेपालले करिब १०० वृद्धवृद्धा तथा ५०० गरिब विद्यार्थीका लागि दैनिक जनभोजन गराउने कार्यक्रमका लागि १ लाख रुपैयाँ, नेपाली नेत्रहीन विद्यार्थी फाउन्डेसन, बैदामसँग सम्बन्धन भएका नेत्रहीन विद्यार्थीहरुका लागि आवश्यक सांगितिक सामाग्रीहरु खरिद गर्न १ लाख २४ हजार नगद हस्तान्तरण गरेको छ । साथै, पोखरा ढुंगेसाँगुस्थित पोखरा वृद्धाश्रमका लागि अक्षयकोष स्थापनाका लागि गर्न ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।
यसरी, विभिन्न स्थानमा रहेको उक्त संस्थाहरुकै परिसरमा गएर सो बैंकका अध्यक्ष शुशिल गौचन, सञ्चालक पद्मप्रसाद पौडेल, किशोर ओझा, नारायण बहादुर बानिया, बासुदेव त्रिपाठी तथा बैंकका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापा लगायतका पदाधिकारीहरुले उक्त जिन्सी सामाग्रीहरु तथा नगद हस्तातरण गरेका हुन् ।
छुट्टाछुट्टै स्थानमा आयोजित कार्यक्रममा बैंकका अध्यक्ष शुशिल गौचन लगायतका सञ्चालकहरुले बैंक पनि यसै समाजको एक अभिन्न अंग भएको र बैंकले गर्ने हरेक क्रियाकलाप समाजकै हितका लागि कार्य गर्ने भएको हुँदा सो बैकका नेपाल अधिराज्यभर रहेका शाखामार्फत सामाजिक कार्यमा योगदान दिंदै आएको कुरा बताएका छन् ।
यसैगरी, बैंकका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले यस प्रकारका सामाजिक सेवाको क्षेत्रमा थप सहयोग गर्न बैंक सदैव तयार रहेको र उचित प्रस्तावलाई निरन्तर सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गरे ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK