Skip to content
LAXMI SUNRISE BANK

ग्लोबल आइएमई बैंक र कतार एयरवेजबीच सम्झौता, बैंकका ग्राहकले हवाई टिकटमा ७% सम्म छुट पाउने !

अर्थ सरोकार

काठमाडौं –  ग्लोबल आइएमई बैंक र कतार एयरवेजबीच सेवा सम्बन्धी सम्झौता भएको छ । कतार एयरवेजले ग्लोबल आइएमई बैंकका ग्राहकलाई हवाई टिकटमा ७% सम्म छुट दिने भएको छ ।
बैंकका बजार तथा व्यवसाय प्रवद्र्धन विभाग प्रमुख शान्ता शिवाकोटी तथा कतार एयरवेजको तर्फबाट कतार एयरवेज ग्रुपका कन्ट्री म्यानेजर मोहमद एलइमामले हस्ताक्षर सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
ग्लोबल आइएमई बैंक र कतार एयरवेजबीच सम्पन्न सम्झौता अनुसार कतार एयरवेजले बैंकको कार्ड प्रयोगकर्तालाई हवाई टिकटमा ७% सम्म छुट दिने सहमति गरेको हो । हवाई टिकटको बेस रेटमा लागू हुने यो छुट कतार एयरवेजको उडान हुने विभिन्न देशमा लागू हुनेछ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK