×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइएमई जनरल इन्स्योरेन्सको नायव प्रमुख कार्यकारी अधिकृतमा शरण रेग्मी नियुक्त

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

आइएमई जनरल इन्स्योरेन्सको नायव प्रमुख कार्यकारी अधिकृतमा शरण रेग्मी नियुक्त

१२ मंसिर २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – आइएमई जनरल इन्स्योरेन्सको नायव प्रमुख कार्यकारी अधिकृत(डेपुटी सीईओ)मा शरण रेग्मी नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको बैठकले नायव महाप्रवन्धक पदमा कार्यरत रेग्मीलाई डेपुटी सीईओमा नियुक्त गरेको हाे ।
रेग्मीले मंसिर १० गतेदेखि कम्पनीको डेपुटी सीईओको जिम्मेवारी सम्हालेका छन् । स्नातकोत्तर तह उतीर्ण गरेका रेग्मी विगत २७ वर्षदेखि निर्जीवन बीमा तथा वित्तीय क्षेत्रमा कार्यरत छन् ।
रेग्मीले तत्कालिन एनआईडिसी क्यापिटल मार्केट् लि.(हाल सनराईज क्यापिटलमा) २ वर्ष, युनाईटेड इन्स्योरेन्स कम्पनी(नेपाल)मा ७ वर्ष, सगरमाथा इन्स्योरेन्समा ८ वर्ष, सिद्धार्थ डेभलपमेन्ट बैंक(हाल जनता बैंक)मा ६ वर्ष र आइएमई जनरल इन्स्योरेन्समा ४ वर्ष काम गरी बैंक तथा बीमा क्षेत्रको लामो अनुभव बटुलिसकेका छन् ।
बीमा तथा वित्त क्षेत्रलाई नजिकबाट नियालेका रेग्मीले उक्त क्षेत्रको सुक्ष्म अध्ययन गरी सहायक स्तरबाट विभिन्न पद र विभागमा काम गर्दै निरन्तर कर्ममा विश्वास गर्ने व्यक्तिको रुपमा आफूलाई स्थापित गरेका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: