×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

`क्रसफायर´ वर्कशपमा राजश्व विभागको छापा, भ्याट बिल बिना बाइक किन्नेहरुमाथि पनि कारवाहीको तयारी !

काठमाडौँ । भ्याट बिल बिना महंगा बाइक बेच्ने वर्कशपमा आन्तरिक राजश्व विभागले छापा मारेको छ । पछिल्लो समय धनीमानी युवाहरुको रोजाईमा परिरहेको ‘क्रसफायर’ को धुम्बाराहीस्थित वर्कसपमा विभागले छापा मारेको हो । विभागले छापा मारेर वर्कशपका कागजपत्रसमेत नियन्त्रणमा लिएको छ । एक ग्राहकले उक्त वर्कशपले आफुलाई भ्याट बिल नदिएको उजुरी गरेपछि विभागले उक्त वर्कशपमा छापा मारेको हो । थप अनुसन्धान जारी रहेको विभागले जनाएको छ । 

बाइक किन्नेहरु पनि कारवाहीमा !
यता प्रचलित नियम अनुसार बाइक किन्नेहरू पनि कारवाहीमा पर्ने भएका छन् । नियमअनुसार भ्याट बिल नलिई कारोबार गर्नेलाई पनि कारवाही हुनेछ । ‘कर छली गरेको पुष्टि भए किन्ने र बेच्ने दुबैलाई कारबाही हुन्छ ।’ विभागका एक अधिकारीले अर्थ सरोकार डटकमसँग भने ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: