काठमाडौँ । रिजल्ट प्रकाशनमा त्रिभुवन विश्वविद्यालय (टियु)ले हदैसम्म लापरवाही गरेको पाइएको छ । टियुले सार्वजनिक गरेको बिएससी तेस्रो वर्षको रिजल्टमा लापरवाही गरेको पाइएको हो ।
बिएससी तेस्रो वर्षको रिजल्ट सार्वजनिक गर्ने क्रममा एक विद्यार्थीले ४ अंक पाएका थिए ।
तर, टियुको रिजल्ट चित्त नबुझेपछि ती विद्यार्थीले ‘रि-टोटलिङ’का लागि टियुमा आवेदन दिए । ‘रि-टोटलिङ’पछि उनले ४ नभएर ४४ अंक पाएको पुष्टि भयो । हाल ती विद्यार्थीको रिजल्ट सच्याइएको छ ।
यसरी टियुले ४४ अंक पाएका विद्यार्थीको रिजल्टमा ४ अंक देखाएर हदैसम्मको लापरवाही गरेको विद्यार्थीको गुनासो छ । यसरी पटक-पटक उत्तरपुस्तिका जाँच र रिजल्ट प्रकाशनका क्रममा टियुको लापरवाही दोहोरिरहेपछि टियुको विश्वासमाथि नै प्रश्न उठेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्