Skip to content
LAXMI SUNRISE BANK

सरकारी सेवा छोड्नेहरु बढे, ३ महिनामै ४ सय १८ कर्मचारीले दिए राजीनामा !

अर्थ सरोकार

काठमाडौँ । ३ महिनामा ४ सय बढी सरकारी कर्मचारीले राजीनामा दिएका छन् । राष्ट्रिय किताबखाना (निजामती)को अभिलेख अनुसार कुल ४ सय १८ जना कर्मचारीले राजीनामा दिएका हुन् । 

राजीनामा दिएका ४ सय १८ जनाको राजीनामा स्वीकृत समेत भइसकेको छ । 

साउन र भदौ महिनामा राजीनामा दिनेमा सचिव वा सचिव तहका २ जना कर्मचारी छन् । सहसचिव वा सहसचिव तहका १४ जना, उपसचिव वा उपसचिव तहका २१ जनाले राजीनामा दिएका छन् ।

त्यस्तै, अधिकृत वा अधिकृत तहका २७ जनाले पनि राजीनामा दिएका छन् भने बाँकी १४५ जनाले साउन र भदौमा राजीनामा दिएका छन् । 

किताबखानाको अभिलेख अनुसार तीन महिनामा ४ सय १८ जनामध्ये उपसचिव र अधिकृत तहका मात्र १ सय ४३ जनाले राजीनामा दिएका छन् । सरकारले नयाँ निजामती सेवा ऐनमार्फत ३० वर्ष सेवा अवधि वा ५५ वर्षे उमेरहद लागू गरी अवकाशको समय निर्धारण गर्ने तयारी गरेपछि राजीनामा दिनेहरु बढेको अनुमान गरिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK