![](https://1.bp.blogspot.com/-sECk9gi39CE/XdyZGeUOwyI/AAAAAAABUb0/UT-jTsOVUnUvRt38RnHpn8a63yW0pl69wCLcBGAsYHQ/s1600/shubhakamana.jpg)
काठमाडौँ । एनआइसी एशिया क्यापिटलको सिइओको जिम्मेवारी बाट केहि समय अघि अलग भएका झनक राज ढुंगेल सिभिल क्यापिटल मार्केट लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त भएका छन् ।
लामो समय बैंक तथा वित्तीय संस्थाकोसमेत कार्यानुभव भएका उनी आगामी ४ बर्षका लागि सिइओमा नियुक्त भएका हुन् । एनआइसी एशिया क्यापिटलमा सिइओ हुनुअघि उनी प्रोगेसिभ फाइनान्स, अरनिको विकास बैंक लगायतमा सिइओ भइसकेका व्यक्ति हुन् ।
नव नियुक्त सिइओ ढुङ्गेलले संस्थाले दिएको जिम्मेवारी कुशलतापूर्वक निभाउने प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।