×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुमारी बैंकले गर्यो नयाँ ब्याजदर सार्वजनिक, हेर्नुहोस् बचत र कर्जामा कति ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

कुमारी बैंकले गर्यो नयाँ ब्याजदर सार्वजनिक, हेर्नुहोस् बचत र कर्जामा कति ?

१९ कार्तिक २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । कुमारी बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले कात्तिक १९ गते (मंगलबार)  देखि लागू हुने नयाँ ब्याजदर सार्वजनिक गरेको हो । कुमारीले कर्जातर्फ र निक्षेपतर्फको नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।
हाल बैंकका १९ किसिमका बचत खाताहरु सञ्चालनमा छन् । यस्तै बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार मुद्दति निक्षेपमा व्यक्तिगतमा ९.२५ प्रतिशत र संस्थागतमा ८.५० प्रतिशत रहेको छ ।   
कुमारीले १९ किसिमका बचत खातामध्ये अधिकांश बचत खातामा ५.५० प्रतिशत र ६.५० प्रतिशत ब्याजदर तोकेको छ । 
बैंकले हाल १५ किसिमका कर्जा दिइरहेको छ । जसअनुसार ओभर ड्राफ्ट कार्डबाट कर्जा लिँदा १६.६८ प्रतिशत ब्याज तिर्नुपर्नेछ भने बैंकले होम लोन, एजुकेशन लोन, अटो लोन, प्रोफेस्नल लोन, सेयर धितो कर्जा र अन्य कर्जा लिँदा १८.६८ प्रतिशत ब्याज तोकेको छ ।
बैंकको बेसरेट १०.८९ प्रतिशत र स्प्रेडदर ३.७५ प्रतिशत रहेको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: