काठमाडौं – लक्ष्मी बैंकले आर्थिक वर्ष २०७५/७६ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार बैंकको खुद नाफा ३२.६४% ले वृद्धि गरेर ४० करोड १९ लाख ४६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्ष यसैअवधिमा बैंकले ३० करोड ३० लाख १७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको वितरण योग्य नाफा १९ करोड ९० लाख रुपैयाँ रहेको छ ।
यस्तै, बैंकको खुद ब्याज आम्दानी १६.९९% र सञ्चालन नाफा २५.०७% ले बढेको छ । गत वर्ष ७४ करोड २९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले यस वर्ष बढाएर ८६ करोड ५७ लाख ९२ हजार रुपैयाँ पुर्याएको छ । साथै, सञ्चालन नाफा ४७ करोड १४ लाख रुपैयाँबाट बढेर ५८ करोड ९६ लाख रुपैयाँ पुगेको छ।
असोज मसान्तसम्म आइपुग्दा बैंकले ८२ अर्व २० करोड रुपैयाँ निक्षेप संकलन गरेर ७८ अर्व १९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको चुक्ता पुँजी ८ अर्व ९२ करोड ५ लाख ९ हजार रुपैयाँ रहेको छ। तर जगेडा कोष भने ४५.४५%ले घटेर २ अर्व २४ करोड रुपैयाँमा खुम्चेको छ ।
यता, बैंकको खराव कर्जा १.०४% रहेको छ । बैंकको प्रतिसेयर आम्दानी ३ रुपैयाँ २८ पैसाले बढेर १८ रुपैयाँ ०२ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ ९४ पैसा रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्