×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माछापुच्छ्रे बैंकले गर्यो एकैसाथ ११ शाखाको उद्घाटन, कहाँ-कहाँ पुग्यो सेवा ?

GLOBAL IME BANK

माछापुच्छ्रे बैंकले गर्यो एकैसाथ ११ शाखाको उद्घाटन, कहाँ-कहाँ पुग्यो सेवा ?

२७ कार्तिक २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – माछापुच्छ्रे बैंकले देशका विभिन्न जिल्लामा ११ शाखा कार्यालयहरुको औपचारिक उद्घाटन गरेको छ ।

बैंकले चितवनको हाकिमचोक र पर्सा, नवलपरासीको वर्दघाट, रुपन्देहीको मनिग्राम, कपिलबस्तुको चन्द्रौटा र तैलिहवा, दाङ्गको तुल्सीपुर र लमही, वर्दियाको गुलरिया तथा कैलालीको लम्की र अत्तरियामा शाखा कार्यालय बिस्तार गरेको हो ।

उक्त शाखा कार्यालयहरुको सम्बन्धित महानगरपालिका तथा नगरपालिकाका जनप्रतिनिधि एवम् माछापुच्छ्रे बैंक लिमिटेडका अध्यक्ष डा. वीरेन्दप्रसाद महतोले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

माछापुच्छ्रे बैंकले देशका हरेक बर्ग र समुदायसम्म बैंकिङ्ग सेवाको पहुँचका लागि नयाँनयाँ स्थानहरुमा आफ्नो सेवा विस्तार गर्दै आएको जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: