काठमाडौं – माछापुच्छ्रे बैंकले अष्ट्रेलियन डलर नगद आयात गरी ग्राहकलाई बिक्री शुरु गरेको छ । हाल बजारमा रहेको अष्ट्रेलियन डलरको अभावलाई परिपूर्ति गर्न माछापुच्छ्रे बैंकले विदेशबाट अष्ट्रेलियन डलर खरिद गरि ग्राहकहरुलाई सटही सुविधा प्रदान गर्न लागेको हो ।
विदेश जाने नेपालीहरुले विदेशको भिसा लागेपछि अधिकतम एक हजार पाँच सय अमेरिकी डलर वरावरको अष्ट्रेलियन डलर साट्न पाउने प्रावधान रहेपनि हाल नेपाली बजारमा देखिएको अष्ट्रेलियन डलरको अभाव रहेको छ । अधिकांश नेपालीले सहजरुपमा अष्ट्रेलियन डलर प्राप्त गर्न सकिरहेका छैनन् ।
सोहि समस्यालाई मध्यनजर गर्दै माछापुच्छ्रे बैंकले नेपाल राष्ट्र बैंकले तोेके बमोजिम पार्सपोर्ट, भिसा रकन्र्फम एयर टिकट साथमा लिएर आउने ग्राहकलाई काठमाडौं उपत्यका भित्र रहेका निम्न शाखाहरु मार्फत अष्ट्रेलियन डलर साट्न पाउने सुविधा ल्याएको हो ।
बैंकले काठमाडौं उपत्यका भित्रका शाखा कार्यालयहरु (लाजिम्पाट, पुतलीसडक, नक्साल, नयाँबानेश्वर, पाटन, चावहिल, थापाथली, बालुवाटार, चापागाउँ, बौद्ध, भक्तपुर, न्यूरोड) बाट सहज रूपमा अष्ट्रेलियन डलर उपलब्ध गराउने व्यवस्था मिलाएको छ ।
माछापुच्छ्रे बैंकले हालसम्म १४४ वटा शाखाहरु, १३७ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा २८१ स्थानमा रहेका सेवा सञ्जाल तथा १७० वटा एटीएमहरु मार्फतबाट ग्राहकलाई बंैकिङ्ग सुविधा प्रदान गर्दै आएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्