×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महालक्ष्मी बैंक र एसबी सोलुसन्सबीच डिजिटाइज र स्वचालित गर्ने सम्बन्धी सम्झौता

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

महालक्ष्मी बैंक र एसबी सोलुसन्सबीच डिजिटाइज र स्वचालित गर्ने सम्बन्धी सम्झौता

Artha Sarokar

२४ कार्तिक २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – महालक्ष्मी विकास बैंकले लोन म्यानेजमेन्ट सिस्टम सफ्टवेयरमार्फत आन्तरिक ऋण प्रक्रियालाई डिजिटाइज र स्वचालित गर्न एसबी सोलुसन्स प्रालिसँग सम्झौता गरेको छ । विकास बैंकका जनरल सर्भिस डिपार्टमेन्ट प्रमुख रघुनाथ कोइराला र एसबी सोलुसन्सका प्रमुख बिपुल ढकालले सो सम्झौतामा हस्ताक्षर गरेअका हुन् ।
लोन म्यानेजमेन्ट सिस्टम मार्फत् बैंकले इन्टर्नल लोन र लोन फाइलको अप्रुभल प्रोसेसलाई अटोमेट र डिजिटाइज गर्न सक्नेछ । यसबाट बैंकलाई ग्राहकको लोन फाइलसम्बन्धी कामको अप्रुभ र विश्लेषण गर्न प्रत्यक्ष फाइदा पुग्नेछ ।
बैंकले चाँडै नै अनलाइन लोन इलिजिबिलिटी सर्भिस समेत सुरुवात गर्ने जानकारी दिएको छ । यसबाट ग्राहकले अनालइनबाटै ऋणका लागि आवेदन दिन सक्नेछन् ।
सन् २०१६ मा स्थापना भएको एसबी सोलुसन्स प्रालिले डिजिटाइजेशन र अटोमेसन बैंकिङ प्रडक्टहरु जस्तै लोन अप्रुभिङ सिस्टम, अनलाइन लोन इलिजिबिलिटी, अनलाइन अकाउन्ट ओपनिङ, डकुमेन्ट म्यानेजमेन्ट सिस्टम, भेन्डर्स म्यानेजमेन्ट सिस्टम, मेमो म्यानेजमेन्ट, बजेट म्यानेजमेन्ट, मोबाइल एप्लिकेशन प्रदान गरिरहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी