
काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महराको थुनछेक बहस सुरु भएको छ । शुक्रबार काठमाडौंको बबरमहलस्थित काठमाडौं जिल्ला अदालतमा निवर्तमान सभामुख महराको थुनछेक बहस सुरु भएको हो ।
अहिले जिल्ला अदालत काठमाडौंमा महरालाई उपस्थित गराएर न्यायाधीश सुर्दशनराज पाण्डेको एकल इजलासमा थुनछेकको बहस सुरु भएको हो। थुनछेक बहस सकिएपछि महरा छुटने, धरौटीमा रिहा हुने वा पुर्पक्षका लागि कारगार चलान गर्नै अदालतले फैसला गर्नेछ।
महरामाथि संसद सचिवालयकी महिला कर्मचारी रोशनी शाहीमाथि बलात्कारको आरोप लागेपछि प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका महरालाई सरकारी वकीलको कार्यालय, काठमाडौंले गत बिहीबार बलात्कार प्रयास गरेको अभियोगमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्