काठमाडौं – मुक्तिनाथ विकास बैंकले दाङको तुलसीपुरमा आफ्ना कार्यक्षेत्रका स्थानीय उद्योगी, व्यवसायीहरुलाई व्यवसायीक साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त कार्यक्रममा व्यवसायको खोजी तथा व्यवस्थापन, व्यवसाय दर्ता, बजार व्यवस्थापन, बजार प्रबद्र्धनका लागि आवश्यक कानुनी कागजात तथा कार्यविधी, दोहोरो लेखा प्रणाली, आय कर, मुल्य अभिबृद्धि कर ऐनमा भएका संसोधनहरुबारे जानकारी गराइएको थियो ।
साथै, वित्तीय कारोबार बारे चेतना जगाउने, कर्जा तथा विप्रेषणबाट प्राप्त रकमको उत्पादनमूलक लगानी, व्यवसायमा जोखिम तथा न्युनिकरण लगायतको विषयमा चेतनाको अभिबृद्धि गराउने यस कार्यक्रमको मुख्य उद्देश्य रहेको थियो ।
व्यवसायिक साक्षरता कार्यक्रममा ४० जना स्थानीय उद्योगी, व्यवसायीहरुको सहभागीता रहेको थियो भने उपस्थित सहभागीहरुले व्यवसायिक साक्षरता कार्यक्रम मार्फत व्यवसायीहरुको सम्बन्धित ज्ञानमा अभिबृद्धि भएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्