काठमाडौं – नेसनल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको खुद नाफा ११ करोड ५३ लाख ९६ हजार रुपैयाँ कमाएको छ । यो नाफा गत वर्षको तुलनमा ३५.७९% ले धेरै हो । गत वर्ष यहि अवधिमा कम्पनीले ८ करोड ४९ लाख ७८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
कम्पनीको खुद बिमा शुल्क ३९% ले बढेर १ अर्ब ९१ करोड २१ लाख ८३ हजार रुपैयाँ पुगेको छ । गत वर्ष कम्पनीले १ अर्व ३७ करोड ५६ लाख रुपैयाँ खुद बिमा शुल्क रहेको थियो । कम्पनीले ६१ करोड १० लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ भने २६ करोड ६७ लाख रुपैयाँ दाबी हुन बाँकी रकम रहेको छ।
कम्पनीको जीवन बिमा कोष पनि २७.०९% ले बढेर २८ अर्ब ६४ करोड ९३ लाख ४५ हजार रुपैयाँ पुगेको छ । यता, रिजर्भ फन्ड भने ९.५४% ले घटेर ६५ करोड ७४ लाख ८ हजार रुपैयाँमा सीमित भएको छ । यस इन्सुरेन्सको प्रतिसेयर आम्दानी २ रुपैयाँ ३९ पैसाले बढेर १५ रुपैयाँ ३५ पैसा कायम भएको छ । प्रतिसेयर नेटवर्थ १२१ रुपैयाँ ८६ पैसा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्