काठमाडौं – नेको इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७को प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक भएको छ । सार्वजनिक भएको विवरण अनुसार कम्पनी खुद नाफा ३२.८०%ले बढेर ७ करोड ५३ लाख रुपैयाँ कमाएको छ । गत वर्ष यहि अवधिमा कम्पनीले खुद नाफा ५ करोड ६७ लाख रुपैयाँ मात्र कमाएको थियो ।
यस्तै, कम्पनीको खुद बिमा शुल्क पनि ८.६५% ले वृद्धि गरेको छ । गत वर्ष ३० करोड ४९ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको कम्पनीले यस वर्ष ३३ करोड १३ लाख रुपैयाँ पुर्याएको छ । कम्पनीले १० करोड लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ भने ३९ करोड ३७ लाख रुपैयाँ कुल भुक्तानी हुन बाँकी छ । बिमा कोषको आकार पनि ४५ करोडबाट बढाएर ६४ करोड ५० लाख पुर्याउन कम्पनी सफल भएको छ ।
चुक्ता पुँजी १ अर्ब १७ करोड ६२ लाख रहेको यस कम्पनीको रिजर्भमा ४९ करोड ७६ लाख रुपैयाँ छ । प्रतिसेयर आम्दानी २२ रुपैयाँ ८१ पैसा (वार्षिक) छ भने प्रतिसेयर नेटवर्थ २०२ रुपैयाँ ३० पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्