काठमाडौं – नेपाल बैंक लिमिटेडले २५ लाख कित्ता ऋणपत्र जारी गर्ने भएको छ । बैंकले उक्त ऋणपत्र जारी गर्नको लागि निष्काशन तथा बिक्री प्रबन्धकमा नविल इन्भेष्टमेन्ट बैकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।
नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र नबिल इन्भेष्टमेन्ट बैंकिंगका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठका बीच डिबेन्चर निष्काशन तथा बिक्री प्रबन्धकको काम गर्ने बारे समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
बैंकले ‘१०% एनबिएल डिबेन्चर-२०८३’ नामक २ अर्व ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्न उक्त क्यापिटललाई नियुक्त गरेको हो । बैंकले १०% व्याज दरमा ७ वर्ष अवधिको ऋणपत्र जारी गर्न लागेको हो ।
कूल २५ लाख कित्ता डिबेन्चर मध्ये १५ लाख कित्ता डिबेन्चर व्यक्तिगतलाई र १० लाख कित्ता कित्ता ऋणपत्र सर्वसाधारणमा निष्काशन गर्न लागेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्