Skip to content
LAXMI SUNRISE BANK

एनआईसी एशिया बैंकको नयाँ शाखा रसुवाको स्याफ्रुबेसीमा, गाउँपालिकाका अध्यक्ष तामाङद्वारा उद्घाटन !

अर्थ सरोकार

रसुवा
काठमाडौँ – एनआईसी एशिया बैंकको नयाँ शाखा रसुवाको स्याफ्रुबेसीमा सञ्चालन गरेको छ । बैंकले ग्रामीण तथा दुर्गम स्थानहरुमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै रसुवाको स्याफ्रुबेसीमा नयाँ शाखा कार्यालयको औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ ।
रसुवा जिल्ला, गोसाईंकुण्ड गाउँपालिका वडा नं. ५ स्याफ्रुबेसीस्थित स्याफ्रुबेसी शाखाको सोही गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङबाट शुक्रबार एक समारोहकाबीच उद्घाटन सम्पन्न भएको छ । स्याफ्रुबेसी शाखा सञ्चालनमा आएसँगै उक्त क्षेत्रका ग्राहकहरुलाई यस बैंकको सेवा प्राप्त गर्न थप सहज हुने विश्वास बैंकले लिएको छ ।
बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३१० शाखा कार्यालयहरु, ३८९ एटिएम, ९० वटा एक्स्टेन्सन काउण्टर एवं ४२ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK