काठमाडौं – ओरियन्टल होटल्सले १०.७९% नगद लाभांश सेयरधनीको खातामा पठाउन थालेको छ । होटल्सले असोज २७ गतेसम्म डिम्याट खातासँग बैंक खाता अद्यावधिक गरेका सेयरधनीलाई नगद जम्मा गरिदिएको हो । यस्तै, असोज २७ गतेपछि बैंक खाता अद्यावधिक गर्नेहरुको पनि नगद खातामा पठाउने तयारी भएको ओरियन्टलले जनाएको छ ।
तर, अहिलेसम्म पनि डिम्याट खाता नखोलेका र बैंक खाता अद्यावधिक नगरेकाहरुलाई भने तत्काल खाता अद्यावधिक गर्न भनिएको छ । खाता अपडेट गरेपछि मात्र लाभांश पाइनेछ । ओरियन्टलको कात्तिक ७ बसेको साधारण सभाले आर्थिक वर्ष २०७५–७६ को नाफाबाट ५% बोनस सेयर र १०.७९% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । बोनस सेयर डिम्याट खातामा पठाउन भने केही समय लाग्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्