काठमाडौं – प्रभु बैंकको नयाँ शाखा काठमाडौं महानगरपालिका वडा नं. ०८ गौशालास्थित पिङ्गलास्थानमा आफ्नाे १९७औं शाखा संचालनमा ल्याएको छ । बैंकको पिङ्गलास्थान शाखा कार्यालयको उद्घाटन पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले गरेका हुन् ।
बैंकको पिङ्गलास्थान शाखा कार्यालयको उद्घाटन गर्दै प्रमुख अतिथी डा. प्रदिप ढकालले प्रभु बैंकले आफ्नाे बैंकको व्यावसायिक सञ्जालविस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँमा आफ्नाे शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगन सम्म सरल र सहजरुपमा बैंकिङ्ग सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको तथा प्रभु बैंकको यो अभियानले बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताउदै प्रभु बैंकलाई सफलताको लागि शुभकामना व्यक्त गरे ।
बैंकको पिङ्गलास्थान शाखा कार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवाप्रवाह हुने भएकोले यहाँका स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनीतथा संघ संस्थाहरुले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र आर्थिक कारोबारमा सहजता थप बढाउने बैंकले जानकारी दिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्