Skip to content
LAXMI SUNRISE BANK

कोशी अस्पतालमा प्रभु बैंकको काउण्टर सञ्चालन

अर्थ सरोकार

काठमाडौँ – प्रभु बैंकले मोरङ्ग जिल्ला विराटनगर महानगरपालिका वडा नं. ०७ स्थित कोशी अस्पतालमा काउण्टर सञ्चालन गरेको छ । उपचार तथा स्वास्थ्य सम्बन्धी कार्यको सिलसिलामा कोशी अस्पतालमा आउने सेवाग्राहीहरुलाई बैंकिङ्ग सेवा उपलब्ध गराउन काउण्टर सञ्चालन गरेको हो ।
कोशी अस्पतालमा प्रभु बैंकको काउण्टर सञ्चालन गर्ने सम्बन्धी सम्झौतामा कोशी अस्पतालका तर्फबाट प्रमुख सुपरिटेन्डेन्ट डा. गुणराज लोहनी र प्रभु बैंक लि.का तर्फबाट प्रदेश नं. १ का कार्यालय प्रमुख लेखराज कार्कीले हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौता पश्चात् प्रभु बैंकले आवश्यक पूर्वाधार निर्माण गरी सार्वजनिक बिदाको दिन बाहेक बिहान ८ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म बैंकको काउण्टर सञ्चालन गरी सेवाग्राही तथा अस्पतालमा कार्यरत कर्मचारीहरुलाई बैंकिङ्ग सेवा उपलब्ध गराउने जनाएको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK