×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साना किसान विकास लघुवित्तले २७.२५% बोनस सेयर दिँदै, कर तिर्न नगद पनि !

PRIME CA

साना किसान विकास लघुवित्तले २७.२५% बोनस सेयर दिँदै, कर तिर्न नगद पनि !

अर्थ सरोकार

८ मंसिर २०७६, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – साना किसान विकास लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट लाभांश दिने भएको छ । कम्पनीको शनिबार बसेको सञ्चालक समिति ३६१औं बैठकले २७.२५% बोनस सेयर र बोनसमा लाग्ने कर तिर्न १.४३४% नगद लाभांश दिने निर्णय गरेको हो । 
हाल यस कम्पनीको चुक्ता पुँजी ७८ करोड ६० लाख रुपैयाँ रहेको छ । बोनस वितरणपछि चुक्ता पुँजी १ अर्ब २ लाख रुपैयाँ नाघ्नेछ । यो प्रस्ताव नियामक नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । हेर्नुहोस् संस्थाले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: