×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिद्धार्थ बैंकको खुद नाफा ०.६९% ले घट्यो, अन्य वित्तीय सूचकहरुको कस्तो छ अवस्था ?

PRIME CA
GLOBAL IME BANK

सिद्धार्थ बैंकको खुद नाफा ०.६९% ले घट्यो, अन्य वित्तीय सूचकहरुको कस्तो छ अवस्था ?

२४ कार्तिक २०७६, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । सिद्धार्थ बैंकले आर्थिक वर्ष २०७६/७७ को पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ ।  बैंकले यस अवधिसम्म आउँदा खुद नाफा ०.६९% ले घटेको विवरण प्रकाशित गरेको हो । 
गत वर्ष बैंकले ५२ करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएको थियो भने चालु आर्थिक वर्षको पहिलो  त्रैमास खुद नाफा ०.६९% ले घटेर ५२ करोड १४ लाख ३८ हजार रुपैयाँ मात्र कमाएको हो । सिद्धार्थले खुद ब्याज आम्दानी र सञ्चालन नाफा भने गत वर्षको तुलनामा बढेको वित्तिय विवरण सार्वजनिक गरेको छ । बैंकका उक्त दुइ सूचक क्रमशः १५.२८% र ०.०७% बढेका छन् । 
हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ८८ करोड ४ हजार ५४० रुपैयाँ रहेको छ ।  बैंकको रिजर्भ कोष भने २५.९३% ले घटेर ४ अर्ब १६ करोड ८० लाख ३८ हजारमा खुम्चिएको छ । बैंकको प्रतिसेयर आम्दानी पनि १ रुपैयाँ ३२ पैसाले घटेर २३ रुपैयाँ ०३ पैसा कायम भएको छ । प्रतिसेयर नेटवर्थ भने ६ रुपैयाँ ७८ पैसाले बढेर १७३ रुपैयाँ २७ पैसा कायम भएको छ ।
वितरण योग्य नाफा भने १८ करोड ९८ लाख ३१ हजार रुपैयाँ पुगेको बैंकले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ  । बैंकले यस अवधिमा १ खर्ब १८ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ८ रुपैयाँ अर्ब कर्जा प्रवाह गरेको छ । गत वर्षको सोहि अवधिमा बैंकले १ खर्ब १४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४ अर्ब कर्जा प्रवाह गरेको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: