×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिद्धार्थ बैंकको चार नयाँ शाखा विस्तार, शाखा सञ्जाल १६७ पुग्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सिद्धार्थ बैंकको चार नयाँ शाखा विस्तार, शाखा सञ्जाल १६७ पुग्यो

Artha Sarokar

१५ कार्तिक २०७६, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

सप्तरी

काठमाडौं – सिद्धार्थ बैंक लिमिटेडले शुक्रबार काठमाडौं उपत्यका बाहिर एकसाथ चारवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सप्तरीको कल्याणपुर, नवलपुरको दलदले, बन्दीपुरको डुम्रे र सिराहाको गोलबजारमा शाखा सञ्चालनमा ल्याएको हो ।
यस बैंकले बैंकिङ्ग प्रणालीलाई थप प्रविधिमैत्री बनाउन इन्टरनेटको माध्यमबाट आफ्नो रोजाइको बचत खाता खोल्न सकिने सुविधाका साथमा इन्टरनेट तथा मोबाइल बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
बैंकको हालको चुक्ता पूँजी ८अर्ब ८८ करोड ७६ लाख छ भने बैंकले १ सय २४ अर्ब निक्षेप संकलन र १ सय १३ अर्ब कर्जा लगानी गरेको छ ।
उक्त शाखा विस्तारपश्चात् सिद्धार्थ बैंकको कुल शाखा सञ्जाल संख्या १ सय ७१ (४ एक्स्टेन्सन् काउन्टर सहित) पुगेको छ । यसका साथै बैंकले १ सय एक शाखारहित बैंकिङ्ग सेवा, १ सय ८७ एटिएम र १ हजार ६ सय भन्दा बढी पिओएस मेसिन मार्फत् बैंकिङ्ग सेवा दिंदै आएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी