काठमाडौं – सनराइज बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार बैंकको खुद नाफा ४५ करोड ४३ लाख ६७ हजार रुपैयाँ कमाएको छ । यो नाफा गत वर्षको यसैअवधिको तुलनामा ३७.०६% ले बढी हो । गत वर्ष यसैअवधिमा बैंकले ३३ करोड १४ लाख ९४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । असोज मसान्तसम्म आइपुग्दा बैंकको वितरण योग्य नाफा १५ करोड ८३ लाख ६२ हजार रुपैयाँ रहेको छ ।
बैंकको खुद ब्याज आम्दानी ३३.९१%ले बढेर १ अर्व १० करोड ५ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा बैंकले ८२ करोड १८ लाख रुपैयाँ आर्जन गरेको थियो । सञ्चालन नाफा ४७ करोड ६९ लाख रुपैयाँबाट बढेर ६४ करोड ५७ लाख रुपैयाँ पुगेको छ । बैंकको खुद ब्याज आम्दानी र सञ्चालक नाफा दुवै बढेको कारणले गर्दा खुद नाफा बढेको देखिन्छ ।
यो पहिलो त्रैमाससम्ममा बैंकले ७७ अर्व ८९ करोड रुपैयाँ निक्षेप संकलन गरेर ७२ अर्व ५५ करोड कर्जा लगानी गरेको छ । बैंकको जगेडा कोष २ अर्व ९४ करोड रुपैयाँ जम्मा गरेको छ । बैंकको प्रतिसेयर आम्दानी २२ रुपैयाँ २९ पैसा पुगेको छ । यो गत वर्षको यसैअवधिमा भन्दा ६ रुपैयाँ ०३ पैसाले बढी हो । बैंकको प्रतिसेयर नेटवर्थ १५५ रुपैयाँ ७८ पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्