
सुर्य नेपाल प्रालिले सबै भन्दा बढी कर तिरेको छ । आन्तरिक राजश्व विभागले कर दिवसको अवसरमा आईतबार राजधानीमा गरेको विशेष कार्यक्रममा २०७५-७६ मा सबै भन्दा बढी कर तिर्ने करदाताका रुपमा सुर्य नेपाल प्रालिका उपाध्यक्ष रवि केसीलाई सम्मान गरेको हो । उनले केहि समय यता निरन्तर रुपमा यो सम्मान पाउँदै आएका छन् । विभागले १५ वटा विधा निर्धारण गरी उत्कृष्ट कर दाताहरु छनौट गरि सम्मान गरेको हो । कार्यक्रममा उत्कृष्ट कर्मचारीहरुलाई पनि सम्मानित गरिएको थियो ।
व्यक्तिगत आयकर तर्फ सबै भन्दा बढी कर तिर्नेमा सिद्धार्थ शमसेर जबरा रहनुभएको छ । कार्यक्रममा उहाँको प्रतिनिधिको रुपमा शुम्भु प्रसाद दाहालले सम्मान पत्र ग्रहण गर्नुभएको थियो ।
त्यसैगरी निर्यातकर्ताहरुबाट सबै भन्दा बढी आयकर तिर्ने कर दाताको रुपमा डाबर नेपाल प्रालिका वित्त प्रमुख पंकज बजाज, कृषि एवं पशुपंक्षीजन्य उद्योग मध्येबाट सबै भन्दा बढी आयकर तिर्ने कर दाता अन्नपुर्ण एग्रो इण्डष्ट्रिज प्रालिका वित्त निर्देशक राजकुमार पराजुली, शिक्षा सेवा मध्येबाट सबैभन्दा बढी आयकर तिर्ने कर दाता मणिपाल एजेकुसन एण्ड मेडिकल ग्रुप नेपाल प्रालिका जनसम्पर्क अधिकृत रवि कुमार विष्ट,सुचना प्रविधि क्षेत्र मध्येबाट वल्र्ड लिंक कम्युनिकेसनका अध्यक्ष दिलिप अग्रवाल सम्मानित हुनुभएको छ । त्यसैगरी व्यापार व्यवसाय मध्ये सबै भन्दा बढी आयकर तिर्ने अग्नि इन्टरप्राईजेजका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ,पर्यटन व्यवसाय मध्ये तारागाउँ रिजेन्सी होटल लिमिटेडका कार्यकारी निर्देशक सुरेस लाल श्रेष्ठ लगायत पनि उक्त कार्यक्रममा सम्मानित भएका छन् ।
कर दिवसको अवसर पारेर आन्तरिक राजश्व विभागले हरेक बर्ष बढी कर तिर्नेहरुलाई सम्मान गर्दै आएको छ । यता खरबपतिको सूचीमा रहेका बिनोद चौधरीले भने कुनै पनि अवार्ड पाएनन् । उनका कम्पनीहरुले ढिलो विवरण बुझाउने भएकाले यो अवार्ड नपाउने गरेका छन् । कतिपयले भने यहि विषयलाई चौधरीले कर छलेको विषयसँग जोडेर विश्लेषण गर्ने गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्