×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

विक्ली एग्रीमेन्ट रिपोर्ट : पुसको पहिलो साता कुन बैंकले कुन संस्थासँग कस्तो सम्झौता गरे ? (विवरणसहित)

काठमाडौं – यो साता पनि विभिन्न बैंकहरुले आफ्ना ग्राहकहरुलाई विभिन्न सुविधा प्रदान गर्नका लागि विभिन्न संस्थासँग विभिन्नखाले सम्झौता गरेको छन्  । हेर्नुहोस् यो साता कुन बैंकले, कुन संस्थासंग, के प्रयोजनका लागि, कस्तो सम्झौता गरे :
सिभिल बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट(एनबीआई)बीच तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यस सम्झौता अनुसार एनबीआईले सिभिल बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ ।
उक्त सम्झौतापत्रमा सिभिल बैंककातर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालबीच हस्ताक्षर भएको छ । सिभिल बैंकले आधुनिक प्रबिधियुक्त बैंकिङ्ग सेवा तथा सुबिधामा विशेष ध्यान दिंदै दक्ष जनशक्तिद्धारा ग्राहकसेवालाई चुस्त दुरुस्त र सुरक्षित बनाउँदै लैजाने योजना रहेको बैंकले जनाएको छ ।
नेपालमै पहिलो पटक बचतकर्ताहरुले सात वर्षसम्मको अवधिको लागि समान मासिक रकम बचत गरी योजनाको अन्त्यमा साँवा तथा ब्याजको एक्मुष्ठ रकमको लाभ पाउने एन्यूटी डिपोजिट निक्षेप योजना ल्याएको सिभिल बैंकको शाखा संख्या १०१ र एटियम संख्या ८० पुगेको छ ।
सनराइज बैंकका ग्राहकलाई टर्किस एयरलाइन्समा १० प्रतिशत छुट हुने भएको छ । बैंकले टर्किस एयरलाइन्ससँग टिकट सम्बन्धि सम्झौता गरेर आफ्ना ग्राहकलाई १० प्रतिशत छुट दिने बताएको हो । मंगलबार बैंकले एक विज्ञप्ती जारी गर्दै १० प्रतिशत छुट हुने जनाएको हो । बैंकले आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै अस्पताल, रेष्टुरेन्ट तथा विभिन्नक्षेत्रमा विशेष छुट सहितका सुविधा दिदैं आएको छ ।
यस सम्झौता अन्तर्गत सनराइजका ग्राहकहरुले टर्किस एयरलाइन्सको टिकट खरिद गर्दा इकोनोमिक क्लासमा ७ प्रतिशत सम्म र बिजनेस क्लासमा १० प्रतिशत सम्मको छुट पाउने व्यवस्था गरिएको छ । एयरलाइन्सको तर्फबाट नेपालको लागि कन्ट्री म्यानेजर अब्दुल्ला टुन्चेर केचिची र सनराइज् बैंककातर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्यालले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
साथै उक्त सम्झाैता अनुसार बैंकका ग्राहकहरुले युरोप भ्रमणमाजाँदा थप १० के.जीसम्म सामान लैजान पाउने व्यवस्था गरिएको छ । छुटका लागी ग्राहकहरुले र्टिर्कस एयरलाइन्सको काठमाडौं स्थित नारायणहिटी पथमा रहेको कार्यायमा आफ्नो परिचय स्वरुप बैंकको कार्ड देखाइ टिकट खरिद गर्नुपर्नेछ ।

प्राईम कमर्सियल बैंकले डिजिटल भुक्तानी सेवा प्रवर्धन गर्न सेलपेसँग सहकार्य गरेको छ । सहकार्य सम्झौतामा बैंकका उप-महाप्रबन्धक भाई राजा तुलाधार र सेलकम प्रा. लि. का प्रबन्ध निर्देशक पवनप्रधानले हस्ताक्षर गरेका हुन् ।

प्राईम कमर्सियल बैंकका ग्राहकहरुले सेलपेमा आफ्नो खाता आवद्ध गर्ने बित्तिकै १०० रुपैयाँको मोबाइल रिचार्ज (टप–अप) पाउने, सेलपेमार्फत बिलहरुको भुक्तानी गर्दा आकर्षक लोयाल्टी पोईन्ट पनि पाउने छन् ।
सेलपे, सेलकम प्रा.लि.द्वारा संचालित, नेपाल राष्ट्र बैंकद्धारा अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक हो, जसले मोबाइल तथा वेबको माध्यमबाट आफ्नो बैंक खातामार्फत डिजिटल माध्यमबाट भुक्तानी तथा रकम स्थानान्तरण सेवा प्रदान गर्दछ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र टेस्ला डायग्नोस्टिक क्लिनिक बीच बैंकका ग्राहकहरुलाई हस्पिटलको सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
यस सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट, क्रेडिट, प्रिभिलेज कार्डवाहक र खाता भएका ग्राहकहरुले टेस्ला डायग्नोस्टिक क्लिनिक सेवा लिंदा विशेष छुट पाउने छन् ।

प्रभु बैंक लिमिटेड र जावलाखेल युवा क्लबबीच मुख्य प्रायोजक हुने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र जावलाखेल युवा क्लबका अध्यक्ष महेन्द्र क्षेत्रीले हस्ताक्षर गरेका हुन् ।
सम्झौता पश्चात् जावलाखेल युवा क्लबको मुख्य प्रायोजक प्रभु बैंक रहनेछ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत जावलाखेल युवा क्लबलाई दुई किस्ता गरी नगद रु. २५ लाख उपलब्ध गराउनेछ । सो बापत जावलाखेल युवा क्लबको आधिकारिक बैंकका रुपमा प्रभु बैंक रहनेछ ।
जावलाखेल युवा क्लबले भाग लिने सम्पूर्ण खेलकुद सम्बन्धी प्रतियोगिताहरुमा प्रभु बैंक जावलाखेल युवा क्लबको नामले सहभागिता जनाउनेछ । जावलाखेल युवा क्लबले बैंकमा आफ्नो नाममा खाता खोली सम्पूर्ण आर्थिक कारोबार प्रभु बैंक मार्फत सञ्चालन गर्ने छ ।
जावलाखेल युवा क्लबले खेलकुद मैदानमा प्रभु बैंकको ब्यानर, होर्डिङ्ग बोर्ड डिस्प्ले बोर्ड लगाई बैंकले उपलब्ध गराएको विज्ञापन सामाग्रीहरु प्रचार प्रसार गर्नेछ । जावलखेल युवा क्लबका सम्पूर्ण खेलाडीहरुले सहभागिता जनाउने जुनसुकै खेलहरुमा प्रभु बैंक. लेखेको जर्सी लगाउनेछन् । जावलाखेल युवा क्लबले सञ्चालन गर्ने जुनसुकै खेलकुद सम्बन्धी प्रतियोगिता तथा कार्यक्रमहरुमा सो बैंकको विज्ञापन प्रशारण गर्नेछ ।

एनआईसी एशिया बैंकका ग्राहकले फुडमाण्डूमा २५% छुट पाउने भएका छन् । बैंकका मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले फुडमाण्डूबाट खानेकुरा अर्डर गरीे क्यु आर कोडमार्फत् भुक्तानी गर्दा मात्र सो मात्रा वा अधिकतम् ४०० रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
यस सम्बन्धि दुई संस्थाबीच एनआईसी एशिया बैंकले उपलब्ध गराएको विभिन्न डिजिटल प्रविधिमार्फत् भुक्तानी संकलन गर्ने सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी र फुडमाण्डूको तर्फबाट प्रमुख कार्यकारी अधिकृत निदान श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: