×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पुसको दोस्रो साता कुन बैंकको शाखा कहाँ पुग्यो ? (विवरणसहित)

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

पुसको दोस्रो साता कुन बैंकको शाखा कहाँ पुग्यो ? (विवरणसहित)

११ पुष २०७६, शुक्रबार

पढ्न लाग्ने समय: ३ मिनेटभन्दा कम

काठमाडौं – बैंकिङ्ग सेवा प्रदान गर्ने उदेश्यले पुसको दोस्रो साता ६ बाट बैंकले विभिन्न स्थानमा शाखा सञ्चालनमा ल्याएका छन्।
गरिमा विकास बैंक लिमिटेडले पौष ११ गते शुक्रबार गोकर्णेश्वर नगरपालिका वडा नं.–५, जोरपाटीमा स्थापित जोरपाटी शाखा कार्यालयको औपचारिक समुद्घाटन कार्य सम्पन्न गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख सन्तोष चालिसेले गरे  । कार्यक्रम विकास बैंकका अध्यक्ष चन्द्रकान्त बरालको अध्यक्षतामा सम्पन्न भएको थियो । 
कार्यक्रममा बोल्दै विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले सम्पूर्ण आधुनिक बैंकिङ्ग सुविधासहित शाखा कार्यालय सञ्चालनमा ल्याएको जोरपाटी शाखा कार्यालयले त्यस क्षेत्रको औद्योगिक तथा व्यवसायिक विकासमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे  । 
ललितपुर
कैलाश विकास बैंकले ललितपुरको धापाखेलमा आफ्नो १०१ औँ शाखा स्थापना गरी पौष १० गते बिहीबार देखि कारोवार शुभारम्भ गरेको छ । शाखाको शुभारम्भ ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले गरेका छन् ।
नयाँ शाखा सहित बैंकको काठमाण्डौ उपत्यका भित्र २५ र उपत्यका बाहिर ७७ गरि जम्मा १०२ वटा शाखा पुगेका छन् । बैकको एटिएम संख्या ४० पुगेको छ ।
बैंकले निकट भविष्यमा प्राईम कमर्सियल बैंक लिमिटेडसंग समाहित (एक्युजिसन) हुन र आ.ब. २०७५।७६ को वितरण योग्य मुनाफाबाट शेयरधनिहरुलाई १६ प्रतिशत बोनश शेयर र २.७७ प्रतिशत नगद लाभांश गरी कुल १८.७७ प्रतिशत लाभांश बितरणको प्रस्ताव पारित गर्न यहि पौष २५ गते शुक्रबार २६ औ वार्षिक साधारणसभा आब्हान गरेको प्रमुख कार्यकारी अधिकृत अमृतचरण श्रेष्ठले बताए ।
प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले प्रदेश ५ अन्तर्गत वुटवलमा एकैदिन ३ कार्यालय शुभारम्भ गरेको छ । कम्पनीले दाङ जिल्लाको भालुबाङ, रुपन्देहीको रामापुर र नवलपरासीको बर्दघाटमा तीन वटै कार्यालय सञ्चालनमा ल्याएको हाे ।
उक्त तीनै कार्यालयको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराईले गरेका हुन् । सम्पुर्ण नेपाली नागरिकलाई जीवन बीमाको दायरामा ल्याउने उद्देश्यका साथ कम्पनीले कार्यालय विस्तार गरेको उनले बताए ।
टिकापुर
प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना नयाँ तीन शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ ।उक्त इन्स्योरेन्सले सुर्खेत शाखा, टिकापुर उप–शाखा र अत्तरिया उप–शाखाहरुको शुभारम्भ गरी कारोबार शुरु गरेको हो । पुस ७ र ८ गते तीनवटै कार्यालयहरुको उद्घाटन कम्पनीका अध्यक्ष डा. आत्मा राम घिमिरेले गरेका हुन् ।
अध्यक्ष डा. आत्मा राम घिमिरेले यस कम्पनी शाखाहरु विस्तारको क्रममा रहेको र पश्चिम नेपालका विभिन्न स्थानहरुमा भएका शाखा विस्तारबाट यस क्षेत्रका बासिन्दाहरुलाई समेत प्रभु लाइफ इन्स्योरेन्सको बीमा सेवाबाट लाभ लिन आग्रह समेत गरेका छन् ।
एनआईसी एशिया बैंकले ललितपुरको सानेपामा नयाँ शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ । बैंकले ग्रामीण तथा शहरी क्षेत्रमा आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै उक्त शाखा संचालनमा ल्याएको जनाएको छ ।
उक्त नयाँ शाखाको उद्घाटन ललितपुर जिल्ला, ललितपुर महानगरपालिका वडा नं. २ स्थित सानेपा शाखाको सोही महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले गरेका हुन् ।
वीरगंज
सिद्धार्थ बैंकले आइतबार (पौष ६ गते) वीरगंज अवस्थित मुर्लीचौक शाखाको औपचारिक समुद्घाटन सम्पन्न गरेको छ । 
बैंकको मुर्लीचौक शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक वीरगंज शाखाका कायममुकायम निर्देशक सुरेश शिवाकोटी र सिद्धार्थ बैंकका सञ्चालक राजेश कुमार केडियाबाट संयुक्त रुपमा भएको थियोे । बैंकले मुर्लीचौक शाखा गत २०७५ चैत्र १० गते देखि नै स्थापना गरी कारोबार गर्दै आएको थियो । 
लहान
हिमालयन बैंकले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा लहानमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । मंगलबारदेखि सञ्चालित उक्त शाखाको उद्घाटन बैंकका संचालक समितिका अध्यक्ष मनोज बहादुर श्रेष्ठले गरेका हुन् ।
सो अवसरमा प्रमुख अतिथिले नयाँ शाखा कार्यालय मार्फत स्थानीय सीप र स्रोतको परिचालनमा बैंकले स्थानीयलाई सहयोग पु¥याउने र उत्पादनशील व्यवसायमा संलग्न व्यक्तिहरुलाई आफ्नो व्यवसायको वृद्धिमा वित्तीय सहयोग गर्ने विश्वास गरेका छन् ।

बन्दीपुरगरिमा विकास बैंकले सोमबार बन्दीपुरमा डुम्रे शाखा कार्यालयको उद्घाटन गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्ण सिं थापाले गरेका हुन् ।
कार्यक्रममा बोल्दै विकास बैंकका सञ्चालक संजीव ढकालले त्यस क्षेत्रका ग्राहकहरुको बैंकिङ्ग आवश्यकता पुरा गर्ने तथा उद्यमशीलताको विकासमा सहयोग गर्ने विश्वास रहेको बताए ।
निजगढ
काठमाडौं – हिमालयन बैंक लिमिटेडले आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा सोमबार निजगढमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । सो शाखाको उद्घाटन बैंकका संचालक समितिका अध्यक्ष मनोज बहादुर श्रेष्ठले गरेका हुन् ।
कार्यक्रममा अध्यक्ष श्रेष्ठले नयाँ शाखा कार्यालय मार्फत हिमालयन बैंकले बैंकिंग सेवा सुविधाका अतिरिक्त स्थानीय सीप र स्रोतको परिचालनमा स्थानीयलाई सहयोग पु¥याउने र उत्पादनशील व्यवसायमा संलग्न स्थानीय व्यक्तिहरुलाई आफ्नो व्यवसायको वृद्धिमा वित्तीय सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् ।
धादिङ्गवेशी
गरिमा विकास बैंक लिमिटेडले आइतबार (पौष ६ गते) निलकण्ठ नगरपालिका वडा नं.–३, धादिङ्गवेसीमा स्थापित धादिङ्गवेशी शाखा कार्यालयको औपचारिक उद्घाटन कार्य सम्पन्न गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन निलकण्ठ नगरपालिकाका नगर प्रमुख भीम प्रसाद ढुंगानाले गरे ।
कार्यक्रममा बोल्दै विकास बैंकका सञ्चालक श्यामप्रसाद बस्यालले व्यावसायिक दृष्टिले प्रचुर सम्भावना बोकेको धादिङ्गवेशी आसपास क्षेत्रका उद्यमीहरुलाई आवश्यक पुँजी उपलब्ध गराई त्यस क्षेत्रको ओद्योगिक तथा व्यवसायिक विकासमा महत्वपूर्ण भुमिका खोल्ने विश्वास रहेको बताए ।
कपिलवस्तु
प्रभु बैंक लिमिटेडले शाखा सञ्जाल विस्तार गर्ने क्रममा कपिलवस्तुको तौलिहवामा २०२औं शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन कपिलवस्तु नगरपालिकाका मेयर किरण सिंहले गरेका हुन् ।
शाखा विस्तारले स्थानीय सर्वसाधारणहरु, उद्योगी व्यापारी तथा अन्य संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र स्थानीय सर्वसाधारणमा बैंकिङ्ग बानीको विकासमा अभिवृद्घि भई स्थानीयस्तरको सम्पुर्ण आर्थिक कारोबार बैंकिङ्ग प्राणालीमा प्रवेश गर्ने बैंकले विश्वास लिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: