×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बीमा बहस-४ : महाभूकम्पपछि पनि किन बढ्न सकेन निर्जीवन बीमाको चेतना ? अजोड इन्स्योरेन्सका सिइओको अन्तर्वार्ता

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

बीमा बहस-४ : महाभूकम्पपछि पनि किन बढ्न सकेन निर्जीवन बीमाको चेतना ? अजोड इन्स्योरेन्सका सिइओको अन्तर्वार्ता

८ पुष २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

आजका कार्यक्रमका अथिति अजोड इन्स्योरेन्स लिमिटेडका सिइओ कुमार बहादुर खत्री

बिक्रम सम्बत २०७५ साल असार २१ गते देखि कारोबार सुरु गरेको अजोड इन्स्योरेन्स लिमिटेड यो छोटो समयमा नै निर्जीवन बीमाको पर्याय बन्न सफल भइसकेको छ । यो छोटो समयका बीच अजोड इन्स्योरेन्सले आफ्नो अब्बल ब्राण्ड बनाउन मात्र सफल भएको छैन, बरु निर्जीवन बीमाका लागि दह्रो विकल्पको रुपमा आफुलाई बीमा बजारमा उभ्याउन सक्ने बन्न सफल भएको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीको कुशल नेतृत्वले अजोडको सफलातामा जोड मात्र दिएन, बरु अजोड इन्स्योरेन्स निर्जीवन बीमा सेवा प्रदायक कम्पनीहरुमाझ एक नमुना कम्पनीसमेत बन्न सफल भएको छ । र अजोडलाई सफल बनाउने यात्राका नेतृत्वकर्ता उनै कुमार बहादुर खत्रीसँग आज हामी निर्जीवन बीमाका बारे खास बहस गर्दैछौँ ।
त्रिभुवन बिश्वबिद्यालयबाट एमबीए गरेका खत्री २०५१ साल फाल्गुण ८ गते नेपाल इन्स्योरेन्स कम्पनीको बिकाश अधिकृत हुदै इन्स्योरेन्स क्षेत्रमा प्रवेश गरेका थिए । त्यहाँ ९ वर्ष काम गरेपछि तत्कालीन एनबि इन्स्योरेन्समा २ वर्ष र बिक्रम सम्बत २०६२ साल श्रावण देखि लुम्बिनी जनरल इन्स्योरेन्समा १३ वर्षसम्म काम गरेपश्चात अजोड इन्स्योरेन्स कम्पनीमा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा आएका उनै खत्रीसँग सहकर्मी रेखा चन्दले आजको अंकमा निर्जीवन बीमाबारे खास बीमा बहस गरेकी छिन् ।

बीमा बहसका बारेमा 

नेपालमा आर्थिक मिडियाको संख्या दिनानुदिन बढिरहेका छन् । ‘बीमा’लाई नै मुख्य बिट बनाएर संचालनमा आएका सञ्चारमाध्यम पनि छन् । तर टेलिभिजन बहस वा नेटवर्कमा आधारित रेडियो बहसमा बीमा सम्बन्धि खास कार्यक्रम छैनन् नेपालमा । त्यहि अभावलाई केहि हदसम्म भएपनि न्याय गर्न सकिन्छ भन्ने प्रयासका साथ हामी आएका छौँ । अर्थ सरोकार डटकमले उत्पादन गर्ने यो कार्यक्रममा प्रस्तुत भएको अन्तर्वार्ता देशभरका ११५ बढी रेडियोहरुबाट बज्ने आर्थिक रेडियो कार्यक्रम ‘अर्थ सरोकार’मार्फत पनि प्रशारण हुन्छ भने देशभरका विभिन्न स्थानीय टेलिभिजनबाटसमेत यो कार्यक्रम प्रशारण हुन्छ । कार्यक्रमको प्रशारण पहुँचलाई अझ बिकास गर्न हामी निरन्तर प्रयत्नरत छौँ । यो कार्यक्रममा कार्यक्रम प्रस्तोताका रुपमा अर्थ सरोकार डटकमका सम्पादक सुरज प्याकुरेल रहनेछन् भने रेखा चन्द बहसकर्ताका रुपमा रहनेछिन् । 
भर्खर जन्मेको सन्तानसँग बस् सपना बाड्न सकिन्छ, कुनै अपेक्षा गर्न सकिंदैन । ‘बीमा बहस’ भर्खर जन्मिएको त्यस्तै सन्तान हो । तपाईं दर्शक, पाठक, र स्रोताको मायाले हामीले यो सन्तानलाई थप दरिलो र गर्व गर्न लायक बनाउनेछौं । तपाईंहरुको सल्लाह सुझाव र प्रतिक्रियाको अपेक्षा गरेका छौँ । वा यो बहसमा के विषयमा कोसँग बहस होस् भन्ने चाहानुहुन्छ भने पनि हामीलाई सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ ।
प्रस्तुत छ : अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीसँग गरिएको यो कुराकानी :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: