काठमाडौं – सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको जीतपुर शाखाले बीमा दाबी वापत रु १ करोड ५० हजार भुक्तानी गरेको छ । उक्त कम्पनीले सवारी दुर्घटनामा ज्यान गुमाएका बीमित स्व. सोमनाथ पौडेलकी धर्मपत्नी देवका खनाल पौडेललाई रु १ करोड ५० हजारको चेक हस्तान्तरण गरेको हो ।
बीमा समितिका अध्यक्ष चिरन्जीवी चापागाई, सिटिजन लाइफ ईन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल र वाणगंगा नगरपालिकाका मेयर मंगल प्रसाद चौधरीले संयुक्त रुपमा पौडेलकी श्रीमती देवका खनाल पौडेललाई चेक हस्तान्तरण गरेका हुन् ।
बुटवल १३ बेलबास निवासी स्व. पौडेलले १५ वर्षे बीमा अन्तर्गत रु. ५० लाखको बीमा गरी पहिलो किस्ता बुझाएका थिए । ३३ वर्षीय पौडेलको सवारी दुर्घटनामा परी यहि कार्तिक ५ गते निधन भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी चिरन्जीवी चापागाईले जीवन बीमाको आवश्यक्ता तथा महत्वको बारेमा प्रकाश पार्दै बीमितको जीवन नरहे पनि जीवन बीमाको सिद्धान्त तथा मर्म अनुरुप बीमालेखमा उल्लेखित शर्त तथा सुविधा बमोजिम कम्पनीले परिवारका सदस्यलाई बीमा बापतको रकम हस्तान्तरण गरिएको बताए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्