Skip to content
LAXMI SUNRISE BANK

सिभिल बैंक र हेल्भेटास स्वीस इन्टरकर्पोरेशनबीच कृषिलाई आधुनिकिकरण तथा वजारीकरण गर्ने सम्बन्धी सम्झौता

अर्थ सरोकार

काठमाडौं – सिभिल बैंक र हेल्भेटास स्वीस इन्टरकर्पोरेशन नेपालको सहकार्यमा प्रदेश नं.२ र कर्णाली प्रदेश भित्रका वित्तिय पहुँच नपुगेका स्थानीय निकायहरुमा वित्तीय पहुँच पु¥याउनुका साथै शीप प्रवर्धन, व्यावसायिक कृषि तथा उत्पादनमुलक तालिम प्रदान गरी उक्त क्षेत्रको कृषि व्यवसायलाई आधुनिकिकरण तथा वजारीकरण गर्ने विषयमा सम्झौता भएको छ ।
सम्झौता पत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ र हेल्भेटास स्वीस ईन्टरकर्पोरेसन नेपालको तर्फबाट राष्ट्रिय निर्देशक डा. भरत कुमार पोखरेलले हस्ताक्षर गरेका छन्।
उक्त सम्झौता अनुसार हेल्भेटास स्वीस ईन्टरकर्पोरेसन नेपालले प्रदेश नं. २ र कर्णाली प्रदेश भित्रका स्थानीय कृषकहरुलाई प्राविधिक तालिम प्रदान गर्नुका साथै कृषि वजारलाई व्यवस्थित गर्न कार्यगर्ने छ, भने बैंकले वित्तीय साक्षरता प्रदान गर्दै उक्त क्षेत्रमा शाखारहित बैकिङ्ग सेवा मार्फत बैकिङ्ग सेवा प्रदान गर्नेछ।
उक्त अवसरमा बोल्दै सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङले यो सम्झौताले बैकिङ्ग सेवाबाट बन्चित रहेका उक्त क्षेत्रका स्थानीयलाई बैकिंङ्ग सेवा मार्फत बचत गर्ने बानीको विकास गर्ने तथा स्थानिय स्तरमा नै केहि गर्ने सोच सहित व्यवसायमा संलग्न हुने स्थानीयलाई सहज रुपमा कर्जा उपलब्ध गराई त्यस क्षेत्रको आर्थिक विकास गर्न महत्वपुर्ण भुमिका खेल्ने बताए। मुलुकको विकासको निमित्त स्थानिय तहको श्रोतसाधनहरु परिचालन गर्दै स्वरोजगार क्षेत्रमा काम गर्न यस सहकार्यको महत्वपूर्ण भूमिका खेल्ने कुरामा विश्वस्त रहेको कुरा डा. भरत कुमार पोखरेलले बताए।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK