Skip to content
LAXMI SUNRISE BANK

सिभिल बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युटबीच सम्झौता, बैंकका कर्मचारीलाई कार्यदक्षता अभिबृद्धि तालिम दिइने !

अर्थ सरोकार

काठमाडौं – सिभिल बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट(एनबीआई)बीच तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यस सम्झौता अनुसार एनबीआईले सिभिल बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ ।
उक्त सम्झौतापत्रमा सिभिल बैंककातर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालबीच हस्ताक्षर भएको छ । सिभिल बैंकले आधुनिक प्रबिधियुक्त बैंकिङ्ग सेवा तथा सुबिधामा विशेष ध्यान दिंदै दक्ष जनशक्तिद्धारा ग्राहकसेवालाई चुस्त दुरुस्त र सुरक्षित बनाउँदै लैजाने योजना रहेको बैंकले जनाएको छ ।
नेपालमै पहिलो पटक बचतकर्ताहरुले सात वर्षसम्मको अवधिको लागि समान मासिक रकम बचत गरी योजनाको अन्त्यमा साँवा तथा ब्याजको एक्मुष्ठ रकमको लाभ पाउने एन्यूटी डिपोजिट निक्षेप योजना ल्याएको सिभिल बैंकको शाखा संख्या १०१ र एटियम संख्या ८० पुगेको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK