×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गरिमा विकास बैंकको नयाँ शाखा जोरपाटीमा, नगर प्रमुख सन्तोष चालिसेद्वारा उद्घाटन

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

गरिमा विकास बैंकको नयाँ शाखा जोरपाटीमा, नगर प्रमुख सन्तोष चालिसेद्वारा उद्घाटन

Artha Sarokar

११ पुष २०७६, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – गरिमा विकास बैंक लिमिटेडले पौष ११ गते शुक्रबार गोकर्णेश्वर नगरपालिका वडा नं.–५, जोरपाटीमा स्थापित जोरपाटी शाखा कार्यालयको औपचारिक समुद्घाटन कार्य सम्पन्न गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख सन्तोष चालिसेले गरे  । कार्यक्रम विकास बैंकका अध्यक्ष चन्द्रकान्त बरालको अध्यक्षतामा सम्पन्न भएको थियो । 
कार्यक्रममा बोल्दै विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले सम्पूर्ण आधुनिक बैंकिङ्ग सुविधासहित शाखा कार्यालय सञ्चालनमा ल्याएको जोरपाटी शाखा कार्यालयले त्यस क्षेत्रको औद्योगिक तथा व्यवसायिक विकासमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे  । 
गरिमा विकास बैंकले काठमाण्डौं उपत्यकाभित्र १० वटा शाखासहित देशभर ९० शाखा र ५१ एटीएम र गरिमा रेमिटका करिब १०,००० एजेण्टमार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । विकास बैंकले २०७६ कार्तिक २५ गतेसम्म ३७ अर्ब निक्षेप संकलन गरी करिब ३२ अर्ब ९० करोड कर्जा लगानी गरेको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी