×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गरिमा विकास बैंकको धादिङ्गवेशी शाखा कार्यालयको औपचारिक उद्घाटन

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

गरिमा विकास बैंकको धादिङ्गवेशी शाखा कार्यालयको औपचारिक उद्घाटन

७ पुष २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

धादिङ्गवेशी

काठमाडौं – गरिमा विकास बैंक लिमिटेडले आइतबार (पौष ६ गते) निलकण्ठ नगरपालिका वडा नं.–३, धादिङ्गवेसीमा स्थापित धादिङ्गवेशी शाखा कार्यालयको औपचारिक उद्घाटन कार्य सम्पन्न गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन निलकण्ठ नगरपालिकाका नगर प्रमुख भीम प्रसाद ढुंगानाले गरे ।
कार्यक्रममा बोल्दै विकास बैंकका सञ्चालक श्यामप्रसाद बस्यालले व्यावसायिक दृष्टिले प्रचुर सम्भावना बोकेको धादिङ्गवेशी आसपास क्षेत्रका उद्यमीहरुलाई आवश्यक पुँजी उपलब्ध गराई त्यस क्षेत्रको ओद्योगिक तथा व्यवसायिक विकासमा महत्वपूर्ण भुमिका खोल्ने विश्वास रहेको बताए ।
उद्घाटन कार्यक्रममा निलकण्ठ नगरपालिकाका नगर प्रमुख भीम प्रसाद ढुंगाना निलकण्ठ नगरपालिकाका वडा नं.–३ का वडाध्यक्ष होमनाथ रिजाल, धादिङ्ग उद्योग वाणिज्य संघका अध्यक्ष रुद्र बहादुर खत्री, विकास बैंकका सञ्चालक विमल पाण्ड, नायब महाप्रबन्धक माधव प्रसाद उपाध्याय लगायतले मन्तव्य राख्नुभएको थियो ।
गरिमा विकास बैंकले काठमाण्डौं उपत्यकाभित्र १० वटा शाखा सहित देशभर ९० शाखा, ५१ एटीएम र गरिमा रेमिटका करिब १०,००० एजेण्टमार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । विकास बैंकले २०७६ पौष ५ गतेसम्म ३६ अर्ब ५० करोड निक्षेप संकलन गरी ३२ अर्ब ७५ करोड कर्जा लगानी गरेको मुख्य प्रबन्धक संजु प्रसाद जैसवालको हस्ताक्षरमा जारी विज्ञप्तीमा भनिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: