×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्लोबल आइएमई बैंक र रुपाकोट रिर्सोटबीच सम्झौता, बैंकका ग्राहकलाई रिर्सोटले प्रदान गर्ने सेवामा १५% छुट

PRIME CA
GLOBAL IME BANK

ग्लोबल आइएमई बैंक र रुपाकोट रिर्सोटबीच सम्झौता, बैंकका ग्राहकलाई रिर्सोटले प्रदान गर्ने सेवामा १५% छुट

१६ मंसिर २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – ग्लोबल आइएमई बैंकका ग्राहकले रुपाकोट रिर्सोटको विभिन्न सेवा तथा सुविधामा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । बिहीबार दुई संस्थाबीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिने छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकको बजार तथा व्यवसाय प्रबद्र्ध्रन विभाग प्रमुख शान्ता शिवाकोटी र रुपाकोट रिर्सोटका सेल्स म्यानेजर पियुस लामाले हस्ताक्षर गरेका छन् । सम्झौतापश्चात रुपाकोट रिर्सोट, पोखरामा ग्लोबल आइएमई बैंकबाट डेबिट, क्रेडिट तथा प्रिभिलेज कार्ड लिएका ग्राहक तथा कर्मचारीले रिर्सोटले उपलब्ध गराउने विभिन्न सेवामा सो मात्राको छुट पाउने छन् ।
ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त अन्य सुविधाहरु प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संघ/संस्थाहरुसँग समन्वय गरी यस्ता योजनाहरु ल्याउने गरेको छ ।
हाल बैंकले १५३ वटा शाखा, ३१ वटा एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, १५१ एटिएम, १९५ शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: