काठमाडौं – ग्लोबल आइएमई बैंकले १२.७५% नगद लाभांश आफ्नो सेयरधनीहरुको बैंक खातामा पठाउन थालेको छ । बैंकले नेपाल क्लियरिङ हाउसको आइपीएसमार्फत सेयरधनीको बैंक खातामा नगद जम्मा गरिदिएको हो । यता, बैंकले नगद लाभांश खातामा नआएका सेयरधनीलाई डिम्याट खाता र बैंक खाता अपडेट गर्न पनि भनेको छ । अपडेट गरेपछि लाभांश पाइनेछ ।
यस्तै, आर्थिक वर्ष २०७१–७२, २०७२–७३ र २०७४–७५ मा बोनस सेयर बापतको कर र साविकको रिलायबल डेभलपमेन्ट बैंकको आर्थिक वर्ष २०७३–७४ को बोनस सेयर बापतको कर रकम तिर्न बाँकी रहेका सेयरधनीको हकमा कर कट्टी गरी बाँकी रहेको नगद लाभांश खातामा पठाइने बैंकले जानकारी गराएको छ । यस्ता सेयरधनीको नगद अब ७ दिनपछि रकमान्तर गरिने बैंकले उल्लेख गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्