![](https://1.bp.blogspot.com/-gNY5tWz-KbY/XfslRgwJssI/AAAAAAABVgc/_-cmkUQIT44jmDWnWmbASzfE-pA_Oi_QgCLcBGAsYHQ/s640/2.jpg)
काठमाडौं – गुडविल फाइनान्सले १०% नगद लाभांश दिने भएको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समितिको ३४५औँ बैठकले आर्थिक वर्ष २०७५/७६को मुनाफाबाट कर सहित १०% नगद लाभांश दिने निर्णय गरेको हो । यसर्थ, गुडविलले नगद लाभांश वितरणका लागि ८ करोड रुपैयाँ खर्च गर्नेछ ।
यो लाभांश प्रस्ताव नियामक निकाय नेपाल राष्ट्र बैंक र संस्थाको आगामी साधारणसभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण सुरु गरिनेछ । हेर्नुहोस् बैंकले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :
![](https://1.bp.blogspot.com/-Bk0YMFlr5_M/Xfshkkp1B3I/AAAAAAABVgQ/vZk3u-T7cVwgwGteWnkSfvITr6Ct61atgCK4BGAYYCw/s640/goodwill1.jpg)